बिजनबारी क्षेत्रका विभिन्न ग्रामीण भेगमा तिहारको तेस्रो दिन परम्परागत देउसी–भैलोका साथ हर्षोल्लासपूर्वक मनाइएको छ। नेपाली मौलिक संस्कृति र परम्पराको प्रतीकका रूपमा रहेको देउसी–भैलोले गाउँघरमा तिहारको रौनक थपेको छ।
परम्परागत भाकामा मादल, खैँजडी तथा अन्य बाजागाजाको तालमा देउसी खेल्दै स्थानीय युवा, बालबालिका तथा विभिन्न समूहहरू घरघर पुगेका थिए। देउसी–भैलोमार्फत शुभकामना आदानप्रदान गर्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देशसमेत प्रवाह गरिएको थियो।
आधुनिकताको प्रभावसँगै तिहार मनाउने शैलीमा परिवर्तन आइरहेको भए पनि बिजनबारीका ग्रामीण क्षेत्रमा अझै पनि परम्परागत देउसी–भैलोलाई निरन्तरता दिइनुले स्थानीय मौलिक संस्कृति संरक्षणप्रतिको चासो र लगावलाई प्रतिबिम्बित गरेको छ।

