Breaking
Sun. Nov 8th, 2026

खरसाङको सुवेदार बस्तीमा भीषण आगलागी, बिक्रम छेत्रीको घरको माथिल्लो तला जलेर पूर्ण नष्ट

खरसाङको वार्ड नम्बर 16 सुवेदार बस्तीमा रातिको समयमा आगो लागेर स्थानीय बिक्रम छेत्रीको घर जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। उक्त आगलागीको घटना राति लगभग 1 देखि 1.30 बजीतिर भएको जानकारी प्राप्त भएको छ। उक्त आगलागीमा बिक्रम छेत्रीको घरको माथिल्लो तला पूर्ण रुपमा जलेर नष्ट भएको अनि आगलागीमा घरको धेरै बहुमूल्य सर सामानहरु जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। घरका छिमेकी बाहिर निस्किदा अचानक धुवाँ निस्कन्दै गरेकाे देखेपछि हाे-हल्ला गरेपछि गाउँ सबै मानिसहरु भेला भएपछि पानी हालेर आगाे निभाउन कोशिष गरिरहेकाे समय अग्नि शमन विभागका कर्मचारीहरु आएर लगभग तीन घण्टा लगाएर आगाे निभाउन सफल भएको बताइएको छ। राति नै अग्नि शमन र पुलिस प्रशासन घटनास्थलमा पुगेको जानकारी प्राप्त भएको छ।उक्त आगलागीमा शरीरमा लगाउने लुगा, भाडाहरु, ओड्ने लुगाहरु नगद रुपियाँ साथै साथै थाेरै मात्रामा सुन चाँदीहरु पनि जलेको बताइएको छ। उक्त आगलागीको घटनास्थलकाे जायजा लिन खरसाङक विधायक साेनम लामा आएका थिए। उनले विभागीय तौरमा के कसाे सहयाेग गर्ने पनि आश्वासन दिएका छन्।उनीसितै 12 नम्बर मण्डल अध्यक्षा दिक्षा तामाङ साथै अर्का मण्डल अध्यक्ष सञ्जय थापा र उनका टाेलीले पनि घटनाबारे जानकारी लिनु आएका भने भाजपा जिल्ला सचिव एवं प्रवक्ता रामकृष्ण शर्मा, बुथ अध्यक्ष रजनी सुब्बा साथै अन्य सदस्य, खरसाङ नगरपालिकाका अधिकारीहरु पनि घटनास्थलमा उपस्थित रहेका थिए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *