Breaking
Fri. Mar 20th, 2026

हुरी-बतासमा एक युवकको मृत्यु

कालबैशाखी आँधीको ताण्डवका कारण मैनागुड़ीमा हृदयविदारक मृत्युको घटना घटेको छ। बुधवार मध्य राति मैनागुड़ी ब्लकको खागड़ाबारी 2 ग्राम पञ्चायतअन्तर्गत द्वारिकामारी क्षेत्रमा आँधीका कारण ढलेको रूखले थिच्दा सुजन दास (18) को मृत्यु भएको छ। घटनामा तिनका साथी काजल दास गम्भीर रूपले घाइते भएका छन्।
स्थानीय सूत्रअनुसार, बुधवार राति साथीलाई साथमा लिएर घरनजिक आफ्नै पसलमा सुजन सुतिरहेका थिए। त्यसपछि अचानक असिनासहित हुरी बतास चल्न थाल्यो। त्यसै समयमा एउटा ठूलो बरको रूख उखेलिएर पसलमाथि ढल्यो। रूखले थिच्दा घटनास्थलमै सुजनको मृत्यु भयो। स्थानीय वासिन्दाले हतार–हतार तिनीहरूलाई उद्धार गरी मैनागुड़ी अस्पताल पुर्या्ए। हाल काजल त्यहाँ उपचाराधीन छन्।
यस घटनाले क्षेत्रमा शोकको वातावरण छाएको छ। बिहीवार बिहान मृतक युवकको परिवारसित भेट गरी मैनागुड़ीका निवर्तमान विधायक कौशिक रायले समवेदना व्यक्त गरेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *