Breaking
Tue. Mar 17th, 2026

एसएसबीद्वारा शहीद योगराज शर्माको स्मृतिमा श्रद्धाञ्जली अर्पण

आठौँ वाहिनी सशस्त्र सीमा बल खोप्रेलमा वीर सपूत शहीद योगराज शर्माको पुण्यतिथिको अवसरमा एक विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो। द्वितीय कमाण्ड अधिकारी सोमनाथको नेतृत्वमा वाहिनी परिसरमा सैनिक सम्मानका साथ शहीद स्मारकमा पुष्प गुच्छ अर्पण गरी तिनको बलिदानको स्मरण गरियो। यस अवसरमा शहीद शर्माको सम्झनामा दुई मिनट मौन धारण गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सोमनाथले बलका कर्मचारीहरूलाई यस दिनको ऐतिहासिक महत्त्वबारे जानकारी गराए साथै शहीद योगराज शर्माले सन् 1998 मा जम्मू-कश्मीरको चुनौतीपूर्ण अवस्थामा देखाएका साहसको चर्चा गरे। मार्च 1998 मा सशस्त्र सीमा बलको सी-कम्पनीको एउटा टोलीलाई रजौरी जिल्लाको थानामण्डी सर्कलअन्तर्गत हास्प्लोट (मोराकारा) गाउँमा चिकित्सा नागरिक कल्याण शिविर सञ्चालन गर्न खटाइएको थियो। 90 को दशकमा राजौरी र पुँच्छ क्षेत्रमा उग्रवाद चरममा थियो। 15 मार्च 1998 को दिन सेक्शन कमाण्डर अमर सिंह र योगराज शर्मासहितका 4 जवानहरू सादा पोशाकमा शिविरतर्फ पैदल जाँदै थिए। टोलीका अन्य सदस्यहरूसित एक स्थानीय व्यक्ति कुराकानी गरिरहेका बेला योगराज शर्मामाथि अचानक आतङ्कवादीहरूले अन्धाधुन्ध गोली प्रहार गरे। घटनास्थलमा पुग्दा सेनाको टोलीले शर्मालाई मृत अवस्थामा फेला पारेको थियो। तिनको टाउको र छातीमा गोली लागेको थियो।
तिनले शहीद योगराज शर्माले आफ्नो सेवाकालमा अन्तर्राष्ट्रिय सुरक्षा, चुनाउ सुरक्षा र अन्य संवेदनशील कार्यहरू अत्यन्तै लगनशीलताका साथ पूरा गरेका बताए। तिनको उत्कृष्ट सेवा र बलिदानको सम्मान गर्दै सन् 1998 मा भारतका तत्कालीन प्रधानमन्त्रीद्वारा तिनलाई मरणोप्रान्त असाधारण सुरक्षा सेवा पदकद्वारा सम्मानित गरिएको विषयबारे पनि जानकारी गराइयो। यस श्रद्धाञ्जली सभामा वाहिनीका 5 अधिकारी, 67 अधीनस्थ अधिकारी र 261 जवानहरूको उपस्थिति रहेको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *