Breaking
Fri. Mar 6th, 2026

सीबीआई अधिकारी बनेर सुनका गहना लुट

दिउँसै सार्वजनिक रूपमा एक व्यक्तिलाई ठगेर डकैती गरिएको छ। सीबीआई अधिकारीको परिचय दिएर एक पूर्व सैनिकबाट सुनका गहना लुटेर दुईजना अज्ञात व्यक्तिहरूले सुइँकुच्चा
ठोकेका छन्। यो घटना जलपाइगढ़ी शहरमा भएको हो।
पीड़ित पूर्व सैनिक दीपक कुण्डुले बताएअनुसार बिहान तिनी बजार गर्न गएका बेला दुईजना अज्ञात व्यक्तिहरू मोटरसाइकलमा आएर तिनको अघि रोकिए। आफूहरूलाई सीबीआई अधिकारी बताउँदै तिनीहरूले परिचय पत्र पनि देखाए। त्यसपछि विभिन्न प्रकारका प्रश्नहरू सोध्न थाले। केही व्यक्तिहरूको नाम लिँदा आफूले तिनीहरूलाई नचिनेको बताउँदा तिनीहरूरले दीपकलाई किन घाँटीमा सुनको सिक्री र हातमा सुनको औंठी लगाएको भनेर सोधे। त्यसपछि ती गहनाहरू खोल्न लगाए। सुनको सिक्री र औँठी सबै खोलेरर खल्तीमा राख्न लगाउँदै एउटा कागज पनि दिए। त्यस कागजमा ती वस्तुहरू बेह्रेर राख्न भने। तर आँखा झिम्क्याउने बित्तिकै अपराधीहरूले त्यस कागजको पोको साटिदिए। केही टाढ़ा पुगेपछि स्कूटरको डिक्की खोलेर कागज खोलेर हेर्दा तिनले त्यसमा सुनको सिक्री र औँठी नरहेर केही ढुङ्गाका टुक्राहरू भेट्टाए।
यस घटनाबारे तिनले जलपाइगढ़ी कोतवाली थानामा लिखित उजुरी दर्ता गरेका छन्। पुलिसले घटनाको जाँच गरिरहेको जनाएको छ। दिउँसै यसरी जाल बिछ्याएर डकैती गर्ने समूहबारे पुलिसले छानबिन गरिरहेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *