Breaking
Fri. Mar 6th, 2026

सिलगढ़ी न्यायालयमा पीड़ित परिवारको प्रदर्शन

सेभोक रोड हिट-एण्ड-रन घटनामा पक्राउ परेका आरोपीलाई न्यायालयमा प्रस्तुत गराउँदा मृत शङ्कर छेत्रीको परिवारका सदस्यहरूले विरोध प्रदर्शन गरेपछि सिलगढ़ी न्यायालय परिसरमा तनाउ उत्पन्न भयो।
आरोपी देवांशु पाल चौधरीलाई सिलगढ़ी पुलिसले सोमवार शङ्कर छेत्रीको ज्यान जाने गरी भएको उक्त हिट-एण्ड-रन घटनासित सम्बन्धित आरोपमा पक्राउ गरेको थियो। तिनलाई मङ्गलवार कठोर सुरक्षा व्यवस्थाबीच न्यायालयमा ल्याइएको थियो। तिनलाई न्यायालयमा प्रस्तुत गर्दा पीड़ितका परिवारजन तथा आफन्तहरूले न्यायालयबाहिर प्रदर्शन गर्दै आरोपीलाई कठोर दण्ड दिनुपर्ने माग गर्दै नाराबाजी गरे।
मृत शङ्करकी दिदी न्यायालय परिसरमै भावुक भएर रुँदै आफ्नो भाइका लागि न्यायको माग गरिन् र सबैभन्दा कठोर सजाय दिनुपर्ने माग गरिन्। परिवारले प्रशासनसित आरोपीले कुनै कानूनी कमजोरीको फाइदा उठाउन नपावोस् भन्ने सुनिश्चित गर्न आग्रह गर्दै कठोर कारवाहीको माग पनि गरेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *