Breaking
Fri. Mar 6th, 2026

डाक्टरमाथि कुटपिटको विरोधमा प्रतिवाद जुलूस

सोमवार दिउँसो सिलगढ़ी शहरको केन्द्रस्थल हिलकार्ट रोडमा एक सनसनीपूर्ण घटना सार्वजनिक भएको थियो। मानवताको परिचय दिन खोज्दा शहरका परिचित चिकित्सक मैनाक मुखर्जीलाई कुटपिट गरिएको थियो। सोमवार दिउँसो डा. मैनाक मुखर्जी हिलकार्ट रोडस्थित एउटा सेलुनतर्फ जाँदै थिए। त्यसै क्रममा तिनले केही युवकहरूले एकजना युवकलाई चोरको शङ्कामा निर्दयतापूर्वक कुटपिट गरिरहेका देखे। ती युवकको टाउकोमा गम्भीर चोट लाग्न सक्ने आशङ्का हुँदा चिकित्सक मुखर्जीले अगाड़ि बढ़ेर कुटपिट गर्ने युवकहरूलाई रोक्ने प्रयास गर्दै कुटपिट बन्द गर्न अनुरोध गर्दै पुलिसलाई जानकारी दिने आग्रह गरेका थिए। त्यतिमै युवकहरू आक्रोशित बने। मानवताको मूल्य चिकित्सकले नै चुकाउनु पर्योग। प्रत्यक्षदर्शीहरूले बताएअनुसार ती युवकहरूले डा. मुखर्जीलाई पनि घटनास्थलमै कुटपिट गरे।
मङ्गलवार त्यस घटनाको प्रतिवादमा मेघदूत सिनेमा हल नजिकबाट विक्षोभ ऱ्याली निकालियो। चिकित्सक मैनाक मुखर्जीका सहकर्मी अनि स्वास्थ्यकर्मीहरूले हात हातमा प्लकार्ड लिएर जुलूस निकाले। के सिलगढ़ी शहरमा सर्वसाधारण सुरक्षित छ? भनेर प्रश्न राखिएको प्लकार्डमा स्पष्ट लेखिएको थियो।
डा. मुखर्जीले उक्त घटनाबारे पुलिस थानामा लिखित उजुरी दर्ता गराएका छन्। शहरको बीचमै एक प्रतिष्ठित चिकित्सकमाथि भएको यस्तो घटनालाई स्थानीय व्यापारीदेखि सर्वसाधारण सबैले कड़ा निन्दा गरेका छन्। कानून आफ्नो हातमा लिने प्रवृत्तिमाथि प्रश्न उठ्न थालेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *