Breaking
Fri. Mar 6th, 2026

लाखौँ मूल्यको ब्राउन सुगरसहित एक पक्राउ

अबेर राति गरिएको एक अभियानमा पुलिसले घोषपुकुरस्थित राष्ट्रिय राजमार्ग 27 को गान्धी मोड़ नजिकैबाट लगभग 10 लाख रुपियाँ मूल्य बराबरको 103 ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।
सूचनाको आधारमा फाँसीदेवा चौकीका सादा पोशाकमा रहेका पुलिसले एक संदिग्ध मोटरसाइकल चालकलाई रोकेर जाँच गर्दा तिनीबाट उक्त अवैध पदार्थ फेला पारियो। पुलिस सूत्रअनुसार आरोपी व्यक्ति विधाननगरबाट घोषपुकुरसम्म लागू औषधी हस्तान्तरण गर्ने योजनामा संलग्न रहेको आशङ्का गरिएको छ।
पक्राउ पर्ने व्यक्तिको पहिचान विधाननगर निवासी सुरजित सरकारका रूपमा गरिएको छ। तिनलाई पछि सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरियो। फाँसीदेवा पुलिस चौकीअन्तर्गत घोषपुकुर आउटपोस्टका पुलिसले थप जाँच जारी राखेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *