Breaking
Fri. Mar 6th, 2026

डाबग्राम–फूलबारी छोड्ने मेयर गौतम देवको घोषणा!

डाबग्राम–फूलबारीको माटो छोड़ेर अब के सिलगढ़ीको राजनीतिमै पूर्ण केन्द्रित हुन लागिरहेका छन् त सिलगढ़ीका मेयर गौतम देव? शुक्रवार फूलबारीमा आयोजित तृणमूल कङ्ग्रसेको एक जनसभाबाट मेयरले गरेको एउटा टिप्पणीबारे अहिले यस्तै प्रश्न राजनैतिक वृत्तमा घुमिरहेको छ। शुक्रवार फूलबारीको जनसभाबाट मेयर गौतम देवले अत्यन्त भावुक र अर्थपूर्ण टिप्पणी गरे। तिनले स्पष्ट रूपमा भने, म डाबग्राम–फूलबारी छोड्दैछु। म सिलगढ़ीतर्फ जाँदैछु। म आफ्नो जन्मभूमिमा फर्किँदैछु। मेयरको यस सार्वजनिक घोषणाले पार्टीका कार्यकर्ता–समर्थकहरूबीच जति हलचल सिर्जना गरेको छ त्यति विपक्षीहरूका मनमा पनि विभिन्न प्रश्नहरू उठेका छन्। राजनैतिक विश्लेषकहरूअनुसार, आफ्नो पुरानो निर्वाचन क्षेत्र छोड़ेर सिलगढ़ी केन्द्रित राजनीतिमा फर्किने यस चाहनालाई आगामी निर्वाचनअघि अत्यन्त महत्त्वपूर्ण मानिँदैछ।
केवल आफ्नो राजनैतिक अवस्थाबारे मात्र होइन आज क्षेत्रको पूर्वाधार विकासबारे पनि गौतम देवले आवाज उठाए। विशेष गरी सड़क निर्माणमा सुस्ती अनि विनियोजित बजेटमाथि पनि तिनले प्रश्न उठाए। तिनले स्पष्ट रूपमा भने, विगत वर्षहरूमा कसले कति काम गर्योा वा गरेन त्यसको मूल्याङ्कन सामान्य जनताले नै गर्नेछन्।
तिनले मुख्यमन्त्री ममता ब्यानर्जीका जनहितकारी योजनाहरूमाथि जोड़ दिए। देवले भने, तृणमूल नै एक मात्र पार्टी हो जसले जनताको आधारभूत आवश्यकतामाथि कार्य गर्छ। एकताबद्ध भएर जनताको ढोकासम्म सरकारी सेवा पुर्याभउने पार्टीका कार्यकर्ताहरूलाई तिनले सन्देश दिए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *