Breaking
Fri. Mar 6th, 2026

हलोङ बङ्गलोको जग्गा हस्तान्तरण

29 महीनाअघि जलदापाड़ा राष्ट्रिय उद्यानमा आगलागी भएर जलेको हलोङ वन बङ्गलोको पुनर्निर्माण कार्य वन विभागले आरम्भ गरेको छ। पीडब्ल्यूडी विभागको निगरानीमा 8 करोड़ रुपियाँको लागतमा उक्त बङ्गलोको पुनर्निर्माण कार्य गर्न नियुक्त संस्थालाई मङ्गलवार जलदापाड़ा वन विभागले जग्गा हस्तान्तरण गरेको हो।
सन् 1967 मा काठद्वारा निर्माण गरिएको हलोङ बङ्गलो सन् 2024 मा विनाशकारी आगलागीमा परी पूर्ण रूपले जलेर नष्ट भएको थियो। 6 महीनाअघि राज्य सरकारले उक्त वन बङ्गलो पुनर्निर्माण गर्न हरियो सङ्केत दिएको थियो। यसका लागि 8 करोड़ रुपियाँ आवण्टन गरिएको छ।
तर आगलागीको जोखिमबाट बाच्न यसपल्ट पूर्ण रूपले काठको संरचना प्रयोग नगरी कङ्क्रिट र काठको संयोजनमा पहिलेकै स्वरूपमा वन बङ्गलो निर्माण गर्ने निर्णय पनि वन विभागले लिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *