Breaking
Fri. Mar 6th, 2026

देशभरि आज उद्योग हड़ताल

केन्द्रीय श्रम कोड कानून रद्द लगायत विभिन्न मागसहित 21 वटा केन्द्रीय ट्रेड युनियनहरूले आज बिहीवार उद्योग हड़तालको आह्वान गरेका थिए। साथै विधानसभा चुनाउअघि पश्चिम बङ्गालमा केन्द्रीय ट्रेड युनियनहरूको एक संयुक्त फोरमले राज्यमा बङ्गला बचाओको आह्वान गर्दै विरोध प्रदर्शन आरम्भ गरेको छ। देशव्यापी उद्योग हड़तालमा सीआईटीयू, एआईटीयूसी र यूटीयूसीसहित विभिन्न श्रमिक सङ्गठनहरू सहभागी छन्।
गत वर्ष 29 वटा श्रम कानून खारेज गरी लागू गरिएका चार श्रम कोड श्रमिकहरूको हित विपरीत रहेको तिनीहरूको दाबी छ। नयाँ कोडमा श्रमिकहरूको अधिकार कटौती भएको, रोजगारको सुरक्षा घटेको र रोजगारदातालाई कर्मचारी भर्ना तथा हटाउन सजिलो बनाइएको आरोप पनि तिनीहरूको छ। साथै निजीकरण तलब संरचना र सामाजिक सुरक्षाको अभावबारे पनि तिनीहरूले चिन्ता व्यक्त गरेका छन्। त्यसैले राज्यव्यापी उद्योग हड़तालको आह्वान गरिएको हो।
देशव्यापी हड़तालको सिलगढ़ीमा पनि प्रभाव परेको छ र शहर आंशिक रूपमा ठप्प बनेको छ। विभिन्न क्षेत्रमा धेरै बजार तथा पसलहरू बन्द रहे। बिहानदेखि नै विभिन्न सङ्गठनका कार्यकर्ता सड़कमा उत्रिएर पिकेटिङ गरे। तर आज उच्च माध्यमिक परीक्षा सञ्चालन भइरहेको हुनाले परीक्षार्थीहरूको सुविधालाई ध्यानमा राख्दै यातायात सेवा हड़तालको दायराबाहिर राखियो। त्यसैले शहरका विभिन्न सड़कमा बस, अटो र टोटोको आवागमन सामान्य रह्यो। जलपाइगढ़ीमा मिश्रित प्रभाव देखियो। शहरको मुख्य हुलाक कार्यालयमा सीआईटीयूको रातो झण्डा टाँगेर गेट बन्द गरिएको थियो। श्रमिक बचाओ, देश बचाओ, बङ्गला बचाओ नारासहित श्रमिक सङ्गठनका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भए। श्रमिक विरोधी श्रम कोड रद्दको माग गर्दै सीआईटीयूले यस हड़तालको आह्वान गरेको हो। तर उच्च माध्यमिक परीक्षार्थीहरूको हितलाई ध्यानमा राख्दै जलपाइगढ़ीमा पनि यातायात व्यवस्थामा आंशिक छुट दिइयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *