Breaking
Fri. Mar 6th, 2026

ई–स्कूटरको ब्याट्री विस्फोट हुँदा घरमा आगलागी

इलेक्ट्रिक स्कूटर चार्ज गर्ने क्रममा दुर्घटना भएको छ। ब्याट्री विस्फोट हुँदा पूरै घर जलेर खरानी भयो। सोमवार बिहान मैनागुड़ी शहरको स्कूल शहीदगढ़ क्षेत्रमा यस घटनाले ठूलो सनसनी मच्चायो। दमकलको एक इञ्जिन घटनास्थलमा आएर एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्यायो। आगलागीको खबर पाएपछि मैनागुड़ी नगरपालिकाका अध्यक्ष मनोज राय, मैनागुड़ी थानाका आईसी सुबल घोषसहित काउन्सिलरहरू क्षतिग्रस्त घरमा आइपुगे। तृणमूल युवा कङ्ग्रेसका जलपाइगढ़ी जिल्ला अध्यक्ष राममोहन रायले पनि परिवारसित भेटघाट गरी खानाको व्यवस्था गरिदिए।
घटना हुँदा घरकी मालिक अन्ना बरुई र तिनका छोरा असीम घरमा थिएनन्। अर्का छोरा सुशील आफ्नी पत्नी र बालक-बालिकासहित घरमै थिए। आगो लागेका बेला सुशील बाथरूममा थिए। आगो लागेको थाहा पाएपछि तिनी बाथरूमबाट बाहिर निस्केर पत्नी र बालक-बालिकालाई घरबाट बाहिर निकाले। आँखैअघि पूरै घर जलेर नष्ट भएको देखेर सुशील भावुक बने।
स्थानीय वासिन्दा राकेश सरकारले भने, बरुईको घरमा आगो लागेको देखेर हामी छिमेकीहरूले पानी ल्याएर निभाउने प्रयास गर्यौँे। दमकललाई पनि खबर गर्यौँ । तर घरको केही पनि जोगाउन सकिएन। सुशील बरुईले भने, सुनका केही गहना, नगद रकम, अत्यावश्यक कागजात, फर्निचर सबै जलेर खरानी भए। 15 नम्बर वार्डका काउन्सिलर अमिताभ चक्रवर्तीले भने, विनाशकारी आगलागीमा परिवारलाई ठूलो क्षति भएको छ। अध्यक्ष आएका थिए तिनले छिट्टै घरको व्यवस्था गरिनेदिने आश्वासन दिएका छन्। हामी पनि परिवारको साथमा छौँ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *