Breaking
Fri. Mar 6th, 2026

दुई नाबालक पक्राउ

आसी घर आउटपोस्ट पुलिसले चयनपाड़ा पावर हाउस क्षेत्रमा भएको झोला थुत्ने घटनासित सम्बन्धित दुईजना नाबालकलाई पक्राउ गरेको छ। घटना 20 जनवरीको राति भएको हो जब रीता पण्डित काम सकेर घर फर्किरहेकी थिइन्।
पुलिस सूत्रअनुसार चयनपाड़ा पावर हाउसको पछाड़िको सुनसान बाटो हुँदै हिँड़िरहेको बेला अन्धकारको फाइदा उठाउँदै दुई अज्ञात बदमाशले रीता पण्डितको बाटो छेकेर झोला थुत्ने प्रयास गरे। तिनले विरोध गर्दा आरोपीमध्ये एकले धारिलो हतियारले तिनको हातमा आक्रमण गरी झोला थुतेर सुइँकुच्चा ठोकेको बताइएको छ। घाइते महिलाले तत्कालै आसी घर आउटपोस्टमा घटनाबारे उजुरी दिइन्। उजुरीका आधारमा पुलिसले जाँच अघि बढ़ाउँदै सिलगढ़ाको टिकियापाड़ाका वासिन्दा दुई नाबालकलाई पक्राउ गरेको हो।
पुलिसले आरोपीहरूबाट चोरी गरिएको झोला र नगद रकम उद्धार गरेको छ। दुवै नाबालकलाई बिहीवार जलपाइगढ़ी किशोर न्यायालयमा उपस्थित गराइएको छ। घटनाबारे थप जाँच जारी रहेको पुलिसले जनाएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *