Breaking
Fri. Mar 6th, 2026

रेलमन्त्रीद्वारा एनजेपीमा कार्यको समीक्षा

शुक्रवार केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले सिलगढ़ीस्थित न्यू जलपाइगढ़ी रेल स्टेशनको रूपान्तरण तथा आधुनिकीकरण कार्यको प्रगति समीक्षा गरे। लगभग 500 करोड़ रुपियाँको लागतमा निर्माणाधीन यस स्टेसनको कार्यप्रति सन्तोष व्यक्त गर्दै वैष्णवले उत्तर बङ्गालको रेल सम्पर्क प्रणालीमा ठूलो परिवर्तनको सङ्केत दिए।
आज दिउँसो बाघडुग्रा विमानस्थलमा अवतरण गरेपछि रेलमन्त्री सिधै सड़क मार्ग हुँदै एनजेपी स्टेसन आइपुगे। स्टेसनको नक्सा र पूर्वाधारको अवलोकन गर्दै तिनले भविष्यमा एनजेपीदेखि अझ यात्री तथा माल रेल सञ्चालन गर्ने योजना रहेको घोषणा गरे। त्यसै उद्देश्यलाई ध्यानमा राख्दै स्टेसनमा रेलका कोचहरूको मरम्मती अर्थात कोच मेण्टेनेन्स सम्बन्धी पूर्वाधारलाई व्यापक रूपमा विस्तार गरिने बताए। यसबाट उत्तर बङ्गालबाट देशका विभिन्न भागहरूमा सिधा रेल सम्पर्क अझ सहज हुने तिनले बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीको सपनाको अमृत भारत स्टेसन परियोजनाबारे रेलमन्त्रीले आज ठूलो घोषणा गरे। तिनले पश्चिम बङ्गालका मोठ 101 स्टेसनलाई यस परियोजनाअन्तर्गत विश्वस्तरीय बनाइने बताए। यस मेगा परियोजनाका लागि लगभग 13 हजार करोड़ रुपियाँ बजेट छुट्याइएको छ। आधुनिक प्रतीक्षालय, लिफ्ट, एसक्यालेटर तथा उन्नत शौचालयसहित सबै सुविधाहरू यी स्टेसनहरूमा उपलब्ध हुनेछन्। शनिवार रेल नक्सामा बङ्गालका लागि ऐतिहासिक दिन हुन गइरहेको छ। रेलमन्त्रीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार बहुप्रतीक्षित स्लीपर कोचको बन्दे भारत एक्सप्रेसको औपचारिक उद्घाटन गर्नेछन्। त्यससितै प्रधानमन्त्रीले पश्चिम बङ्गालका लागि थप 12 नयाँ रेल सञ्चालनका लागि हरियो सङ्केत पनि दिनेछन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *