Breaking
Fri. Mar 6th, 2026

16 जनवरीदेखि मुख्यमन्त्रीको उत्तर बङ्गाल भ्रमण

जनवरी १६ देखि आरम्भ हुने मुख्यमन्त्री ममता ब्यानर्जीको तीन दिने उत्तर बङ्गाल भ्रमणलाई ध्यानमा राखेर प्रशासनिक तयारी तीव्र रूपमा अगाड़ि बढ़िरहेको छ। मुख्यमन्त्रीको स्वागतका लागि पार्टी कार्यकर्ताहरूले शहरभरि ब्यानर र पोष्टर लगाइरहेका छन् भने सिलगढ़ीभरि कठोर सुरक्षा व्यवस्था गरिएको छ। सिलगढ़ी कमिश्नरेट पुलिसका आयुक्तले डीडी, एसओजी, आईबी र डीआईबी टोलीलाई शहरका प्रत्येक क्षेत्रमा निगरानी राख्न निर्देशन दिएका छन्। प्रमुख स्थानहरूमा आरएएफ टोलीसहित ठूलो सङअख्यामा पुलिस तैनाथ गरिनेछ भने ड्रोनमार्फत अतिरिक्त निगरानी पनि गरिनेछ। विशेष गरी मतिगढ़ा र उत्तर कन्यामा कठोर सुरक्षा व्यवस्था गरिएको छ। मुख्यमन्त्रीको उत्तर कन्यामा बसाईका क्रममा मिनी सचिवालय नजिकका दुवै सड़क बन्द गरिनेछ। मतिगढ़ामा महाकाल मन्दिरको शिलान्यास कार्यक्रमका लागि विशेष महिला एकाइ र पिङअक पेट्रोलिङ भ्यान परिचालन गरिनेछ। ट्राफिक व्यवस्थापन पनि थप कठोर बनाइएको छ।
मुख्यमन्त्री ममता ब्यानर्जी शुक्रवार दिउँसो सिलगढ़ी आइपुग्नेछिन्। त्यसपछि तिनी मतिगढ़ामा महाकाल मन्दिरको शिलान्यास कार्यक्रममा सहभागी भई सिधै उत्तर कन्यामा राति बसाईका लागि जानेछिन्। शनिवार तिनले कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चको नव-निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ।
भ्रमणअघि सिलगढ़ीका पुलिस आयुक्त सी सुधाकरले डीसीपी (ट्राफिक) काजी सामसुद्दीन अहमदसहित एडीसीपी र एसीपी अधिकारीहरूलाई मतिगढ़ाको कार्यक्रम स्थल निरीक्षण गर्न तथा मतिगढ़ादेखि चाँदमुनीसम्म ट्राफिक, पार्किङ र सुरक्षा व्यवस्थाको मूल्याङ्कन गर्न निर्देशन दिएका छन्। बाघडुग्राबाट मतिगढ़ास्थित कार्यक्रम स्थलसम्म मार्ग सावधानीपूर्वक तय गरिएको छ र प्रशासनिक अधिकारीहरू डीसीपीसित नजिकबाट समन्वय गरिरहेका छन्। मुख्यमन्त्रीको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न मालवाहक वाहनहरूको आवागमनमाथि लगाइने प्रतिबन्ध पनि थप कठोर बनाइएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *