Breaking
Fri. Mar 6th, 2026

धारिलो हतियारले प्रहार गरी युवाहरूलाई घाइते बनाउने काका-भतिज पक्राउ

मतिगढ़ा पुलिस चौकीअन्तर्गत अनिल नगरमा सोमवार अबेर राति एक सनसनीपूर्ण आक्रमण हुँदा तीनजना युवक गम्भीर रूपमा घाइते भएका छन्। मादक पदार्थ सेवनको अवस्थामा अश्लील भाषा प्रयोग गरेको भन्दै विरोध गर्दा काका–भतिजको जोड़ीले धारिलो हतियार प्रयोग गरी ती तीनजना युवकहरूमाथि आक्रमण गरेको आरोप छ।
पुलिसले तत्कालै आरोपीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काका धीरज चौधरी (35) अनि भतिज आशीष ठाकुर (19) हुन्। गम्भीर रूपमा घाइते आदित्य रोय (22) लाई उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरिएको छ जहाँ तिनको अवस्था चिन्ताजनक रहेको छ। अर्का दुई घाइते शुभजित सिंह (22) र चयन दास (21) निजी अस्पतालमा उपचाराधीन छन्। तीनैजना युवक पतिराम जोतका वासिन्दा हुन्।
पीड़ित परिवारअनुसार मादक पदार्थ सेवन गरेका आरोपीहरूले ती युवकहरूमध्ये एकजनालाई मौखिक रूपमा दुर्व्यवहार गरेका थिए। त्यसकारण अचानक र हिंसात्मक आक्रमण भएको हो। घटनापछि स्थानीय वासिन्दाहरूले तत्कालै घाइतेहरूलाई अस्पताल पुर्याकए। सूचना प्राप्त हुन साथ मतिगढ़ा पुलिसले तत्काल कारवाही गर्दै दुवै आरोपीहरूलाई नियन्त्रणमा लियो अनि मङ्गलवार तिनीहरूलाई सिलगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ। पीड़ित परिवारहरूले आरोपीहरूको छिमेकीहरूसित पहिले पनि विवादको इतिहास रहेको दाबी गर्दै कठोर भन्दा कठोर सजायको माग गरेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *