Breaking
Fri. Mar 6th, 2026

पैह्रो पीड़ित अनि विपन्नहरुलाई राहत बितरण

रामकृष्ण मिशन बेलुर मठद्वारा मिरिकको आले खेल मैदानमा गत वर्षको अक्टोबर महिनामा गएको पैह्रोका कारण प्रभावित डुप्टिन ग्राम पञ्चायत अनि पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुइका पैह्राे प्रभावित अनि विपन्न परिवारका सदस्यहरुलाई राहत बितरण गरियो। अभियान अन्तर्गत समग्रमा ५७ परिवारलाई खाद्य सामाग्री, घर निर्माणको निम्ति छानो, ब्लांकेट, लुगा कपडा आदि बितरण गरियो।

जसमा डुप्टिन ग्राम पञ्चायतका २३ परिवार अनि पहिला गाउँ स्कुल डाढा अधिनस्थ जिम्बा गाउँका ३४ परिवार रहेका छन। ग्राम पञ्चायत सदस्य सोनिया तामाङ अनि सौरेनीका पञ्चायत समिति सदस्य अदित्य प्रधानको नेतृत्वमा उक्त राहत बितरण गरिएको हो। प्रभावितहरुले मठप्रति आभार प्रकट गरे। उनीहरुले मठको तर्फवाट यस अघि पनि राहत पाएको उल्लेख गरे। यसका साथै एक पिडिताले आफ्नो घर जोखिमपूर्ण अवस्थामा रहँदा पनि सरकार पक्षवाट कुनै सहुलियत प्राप्त नभएको गुनासो गरे। रामकृष्ण मिशन दार्जीलिङका सम्पादक स्वामी महातपानन्द अनि सिलगुढीका सम्पादक स्वामी बिश्व धरानन्दको उपस्थितिमा बितरण गरिएको थियो।

उनीहरुले पैह्रो प्रभावितहरुलाई न्यायोचित ढंगले सामाग्री बितरण गरेको भन्दै यसभन्दा अघि पनि मिशनले यस्तो सामाजिक कार्य गर्दै आएको बताए। उनीहरुले गुणस्तर शिक्षावाट बन्चित स्थानीय बाल बालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्ने समेत बताए। यसैगरि पञ्चायत सदस्य सोनिया तामाङ अनि पञ्चायत समिति सदस्य अदित्य प्रधानले मठ प्रति कृतज्ञता प्रकट गर्दै पीड़ितहरुको पुनर्वासमा मठले सहयोग गरेको बताए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *