Breaking
Fri. Mar 6th, 2026

नक्सलबारीमा श्मशानघाट निर्माण कार्यको शिलान्यास

आमादेर पाड़ा आमादेर समाधान शिविरअन्तर्गत अगस्त महीनामा श्मशानघाट निर्माणका लागि आवेदन बुझाइएको थियो। उक्त आवेदनको आधारमा दिसम्बरको अन्तिम दिनदेखि श्मशानघाट निर्माणको कार्य आरम्भ गरिएको छ। स्वतन्त्रतापछि पहिलोपल्ट नक्सलबारीको हात्तीघिसा ग्राम पञ्चायतअन्तर्गत पर्ने वीर सिंह गाउँले श्मशानघाट पाइरहेको छ।
बुधवार नक्सलबारी पञ्चायत समिति सभापति आनन्द घोषले श्मशानघाट निर्माण कार्यको शिलान्यास गरेका हुन्। निर्माण कार्य आरम्भ भएसितै वीर सिंह जोत, केतु गाबुर जोत, भेल्टा जोतसहित चार अन्य गाउँका वासिन्दाहरूले लामो समयदेखि भोग्दै आएका समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ।
परियोजना आरम्भ भएकोमा स्थानीय वासिन्दाहरूले खुशी व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै आनन्द घोषले गाउँलेहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै श्मशानघाट निर्माणको कार्य आरम्भ गरिएको बताए। तिनले आमादेर पाड़ा आमादेर समाधान पहलअन्तर्गत गाउँलेहरू आफ्ना समस्या समाधानमा सक्रिय रूपमा सहभागी भइरहेका पनि उल्लेख गरे। साथै यस परियोजनाअन्तर्गत प्रत्येक बूथको विकासका लागि मुख्यमन्त्रीले 10 लाख रुपियाँ विनियोजन गरेकी पनि तिनले जानकारी गराए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *