उन्नत डायग्नोस्टिक इमेजिङ समाधानका अग्रणी फुजीफिल्म इण्डियाले दार्जीलिङ जिल्लाको नक्सलबारी ब्लकअन्तर्गत बाघडुग्रा अवस्थित एयरपोर्ट प्लाजा बिल्डिङको मदर केयर सेण्टरमा अत्याधुनिक अपर्टो लुसेण्ट ओपन एमआरआई प्रणालीको स्थापना गरेको घोषणा गरेको छ। यसले एक दशकभन्दा अधिक लामो समयको साझेदारीलाई अझ सुदृढ़ बनाएको छ। डाइरेक्टर डा. रञ्जित भगतको नेतृत्वमा रहेको केन्द्रले लामो समयदेखि फुजीफिल्म इण्डियाका सीआर, डीआर र अल्ट्रासाउण्ड प्रविधिमा भरोसा गर्दै आएको छ र यो नौलो स्थापना उत्तर बङ्गालभरि उच्च गुणस्तरको एमआरआई सेवाको पहुँच विस्तार गर्न एक महत्त्वपूर्ण कदमका रूपमा रहेको छ।अपोर्टो लुसेण्टले शुद्ध इमेजिङ र रोग–केन्द्रित डिजाइनलाई संयोजन गर्दै यसको सिङ्ग्ल पिलर संरचना र ट्रु ओपन बोर आर्किटेक्चरमार्फत फराकिलो, सहज स्क्यानिङ अनुभव प्रदान गर्दछ। 0.4 टी को पर्मानेण्ट म्यागनेटसहित यस प्रणालीले न्यून सञ्चालन खर्चमा स्थिर र स्पष्ट इमेजिङ उपलब्ध गराउँछ। साथै यसको आईपी-ऱ्यापिड प्रविधिले विवरणमा सम्झौता नगरी स्क्यान समयलाई उल्लेखनीय रूपमा घटाउँछ जसले चिकित्सकहरूलाई जटिल न्युरोलोजिकल, मस्कुलोस्केलेटल, कार्डियाक तथा अन्कोलोजिकल अवस्थाहरूलाई अझ सटीकता र दक्षतासहिक निदान गर्न सहयोग पुर्यायउँछ।
सिलगढ़ी शहर उत्तर बङ्गाल, सिक्किम, बिहार र उत्तर–पूर्वी क्षेत्रसम्म फैलिएको ठूलो जनसङ्ख्याका लागि महत्त्वपूर्ण स्वास्थ्य–सेवा केन्द्रको रूपमा कार्य गर्दछ। यहाँ उन्नत इमेजिङ सेवामा पहुँच ऐतिहासिक रूपमा असमान र कहिलेकाहीँ ढिलो हुने गर्दछ। भारतले महानगरहरूबाहिर एमआरआई सेवाको पहुँच विस्तार गरिरहेका समय सिलगढ़ीमा गरिएको यो स्थापना क्षेत्रमै छिटो र अधिक सटीक निदान उपलब्ध गराई लामो दूरीको यात्राको असुविधाबिना प्रत्येक परिवारका लागि उच्च गुणस्तरको सेवा सुनिश्चित गर्न लक्षित छ।
मदर केयर सेण्डरका डाइरेक्टर डा. रञ्जित भगतले भने, मदर केयर सेण्टरमा हाम्रो प्राथमिकता सदैव भरपर्दो र उन्नत प्रविधिबाट समर्थित उत्कृष्ट उपचार उपलब्ध गराउनु हो। अपोर्टो लुसेण्ट ओपन एमआरआई हाम्रो लागि एक महत्त्वपूर्ण प्रगति हो। यसले उच्च गुणस्तरका इमेजहरू प्रदानसितै बन्द स्क्यानरमा डराउने रोगीहरूका लागि पनि अधिक सहज अनुभव दिन्छ। यस अपग्रेडले हामीलाई अझै अधिक आत्मविश्वाससित निदान गर्न सक्षम बनाएको छ र हाम्रो समुदायले सिलगढ़ीमै आधुनिक, उच्च–प्रिसिजन इमेजिङको सुविधा पाउने सुनिश्चित गर्छ।
यस अवसरमा फुजीफिल्मको मेडिकल सिस्टम डिभिजनका बिजिनेस एडभाइजर शुनसुके होण्डाले भने, फुजीफिल्म इण्डियामा उन्नत इमेजिङको पहुँच सुधार गर्नु हाम्रो प्रमुख उद्देश्य हो। उत्तर बङ्गाल र छेउछाउका क्षेत्रमा विशेषज्ञ डायग्नोस्टिक सेवामा पहुँच पुर्यााउन ढिलो हुने चुनौती लामो समयदेखि रहँदै आएको छ र यस्ता स्थापानाहरूले उच्च गुणस्तरको एमआरआई सेवालाई आवश्यक पर्ने समुदायहरूसम्म नजिक ल्याउँछ। मदर केयर सेण्टरसित हाम्रो साझेदारी क्षेत्रीय स्वास्थ्य पूर्वाधार सुदृढ़ गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो र विश्वस्तरिय इमेजिङ सेवालाई महानगरसम्म मात्र सीमित नराख्ने उद्देश्यका साथ अघि बढ़ेको छ। अपोर्टो लुसेण्ट ओपन एमआरआईमार्फत हामी सिलगढ़ी र वरिपरिका शहरहरूमा अधिक न्यायसङ्गत, समयमै र रोगी–अनुकूल डायग्नोस्टिक्सलाई समर्थन गर्ने लक्ष्य राखेका छौँ।

