Breaking
Fri. Mar 6th, 2026

बाघपुलको वैकल्पिक पुल निर्माण हुने

कोरोनेशन ब्रिज अर्थात बाघपुलको वैकल्पिक पुल निर्माणको टेण्डर आगामी दिसम्बर महीनाभित्र गरिने जानकारी प्राप्त भएको छ। दार्जीलिङ सांसद राजु विष्टले बिहीवार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएका हुन्। विज्ञप्तिमा राजु विष्टले लेखेका छन्, केन्द्र सरकारले नयाँ पुल र पहुँच सड़क निर्माणका लागि 1190 करोड़ रुपियाँ आवण्टन गरे भए पनि क्षेत्राधिकारका मुद्दाहरूले धेरै ढिलो भएको थियो। विशेष खण्ड पश्चिम बङ्गालको पीडब्ल्यूडी-एनएच डिभिजन अन्तर्गत थियो। तर अब यो आधिकारिक रूपमा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) लाई हस्तान्तरण गरिएको छ।
तिनले अझ लेखेका छन्, मैले एनएचएआईका अधिकारीहरूसित बैठक गरेपछि बाघपुलको भ्रमण गरेँ। वैकल्पिक पुल र पहुँच सड़क, सिलगढ़ी रिङ्ग रोड अनि सिलगढ़ीलाई गोरखपुर जोड्ने एक्सप्रेसवे सहितको बृहत् योजनाको हिस्सा हुनेछ अधिकारीहरूले मलाई जानकारी गराए। हाम्रो अर्को सपनाको परियोजना, सिलगढ़ी रिङ्ग रोडको काम पनि बिस्तारै अघि बढ़िरहेको छ।
बाँकी परियोजना चरणबद्ध रूपमा अघि बढ़िरहेको जनाउँदै सांसदले वैकल्पिक पुल र पहुँच सड़कका लागि टेण्डर प्रक्रिया दिसम्बरमा आरम्भ हुने अनि त्यसपछि तुरुन्तै निर्माण कार्य आरम्भ हुने पनि जानकारी गराएका छन्। यसका लागि तिनले प्रधानमन्त्री नरेन्द्र मोदी अनि सड़क, परिवहन मन्त्री नितिन गडकरीप्रति आभार व्यक्त गरेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *