मङ्गलवार बिहान भारतीय जनता पार्टीका सांसद मनोज तिग्गाको घरको ढोकामै दुईवटा दँताल हात्ती देखा परे। मङ्गलवार बिहान लगभग 5.30 बजी बीरपाड़ा सिंहानिया चियाबारी हुँदै ती हात्तीहरू हल्दीबाड़ी क्षेत्रमा पसे। त्यसपछि दुवै दाँताल हात्ती स्थानीय भाजपा सांसदको घरअघि पुग्दा मदारीहाटमा तनाउ बढ़्यो।
सूत्रअनुसार, घना बस्ती भएको क्षेत्रमा अचानक दुई विशाल आकारका हात्ती पसेपछि स्थानीयम मानिसहरूमा आतङ्क फैलिएको थियो। तत्कालै वनकर्मीहरूलाई खबर गरियो। तर खबर दिए पनि वनकर्मीहरूले तुरुन्त कुनै सक्रियता नदेखाएका सांसद मनोज तिग्गाको आरोप छ। तिनीहरूअनुसार, हात्ती देखेपछि पुरै क्षेत्रमा होहल्ला मच्चियो। डरले केहीले घरभित्र पसेर ढोका–झ्याल बन्द गरे भने धेरैजना हात्ती हेर्न घरबाहिर निस्किए। तर भविष्यमा यस्तो घटना रोक्न तुरुन्त प्रभावकारी व्यवस्था गर्न स्थानीय वासिन्दाहरूले माग उठाएका छन्।
अलिपुरद्वारका सांसद मनोज तिग्गाले भने, लगभग प्रत्येक दिन जङ्गलबाट हात्ती बस्तीमा आइरहेको छ। जङ्गलभित्र वन्य प्राणीहरूलाई बाँच्नका लागि उपयुक्त वातावरण छैन। त्यसकारण वन्य प्राणीहरू बाहिर निस्किरहेका छन्। आज बिहानै मेरा घरअघि विशाल दुईवटा दाँताल हात्ती आएका थिए। वनकर्मीहरूलाई फोन गरिए पनि तिनीहरू निकै ढिलो आए।
सांसदको घरअघि जङ्गली हात्ती

