Breaking
Fri. Mar 6th, 2026

हात्तीको आक्रमणमा महिलाको मृत्यु

मदारीहाट–बीरपाड़ा ब्लकअन्तर्गत रामझोरा चियाबारी क्षेत्रमा फेरि हात्तीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर रूपले घाइते भएकी छन्। मृत महिलाको नाम पिङ्की झा हो।
प्राप्त जानकारीअनुसार पिङ्की झा र रेनु झा घरबाहिर निस्किएका बेला अचानक जङ्गली हात्तीले दुवै महिलाहरूमाथि आक्रमण गऱ्यो। हात्तीले आक्रमण गर्दा घटनास्थलमै पिङ्की झाको मृत्यु भएको हो। रेनु झालाई गम्भीर अवस्थामा बीरपाड़ा राज्य सामान्य अस्पतालमा भर्ना गरिएको छ। स्थानीय मानिसहरूले क्षेत्रमा हात्तीको आतङ्क बढ्दै गइरहेको गुनासो गरेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *