Breaking
Fri. Mar 6th, 2026

सिङ्गेल चियाबारीका पाँच अग्निपीड़ितहरूको गृह प्रवेश

15 मई 2025 मा भएको भीषण आगलागीमा सिङ्गेल चियाबारीको कफीबारी, गोदमधुरा क्षेत्रमा पाँचवटा घरहरू जलेर भष्म बनेका थिए। उक्त आगलागीका पीड़ित पाँच परिवारलाई घर पुनर्निर्माण गरेर नयाँ घरमा गृह प्रवेश गराइएको छ। आगलागीमा पाँचवटा घरहरू पूर्ण रूपले जलेर नष्ट भएसितै घरमा राखिएका सबै कागजात र व्यक्तिगत सामग्रीहरू पनि सम्पूर्ण रूपले नष्ट बनेका थिए। घटनापछि स्थलगत निरीक्षणमा गएका जीटीए प्रमुख कार्यपाल अनित थापाले पाँचवटै घर पुनर्निर्माण गरिदिने आश्वासन दिएका थिए।
अनित थापाले त्यसै बेला दिवस क्षेत्रीलाई सबै पीड़ित परिवारहरूलाई परिचय सम्बन्धी कागजातहरू पुनः बनाउन कानूनी सहयोग पुऱ्याउने जिम्मावारी दिएका थिए। उक्त निर्देशअनुसार 15 दिनभित्र आवश्यक कागजात तयार गरी पीड़ित परिवारहरूलाई हस्तान्तरण गरिएको थियो।
आज सम्पन्न गृहप्रवेश कार्यक्रममा प्रमुख कार्यपाल थापाले आफ्नो वचनअनुसार सबै पाँच परिवारलाई नयाँ घरमा गृह प्रवेश गराउन पाउँदा सन्तुष्टि प्राप्त भएको मत व्यक्त गरे। हाल सबै परिवारका बालक-बालिकाहरू नियमित रूपले विद्यालय गइरहेका छन् भने अभिभावकहरू स्थानीय कमानमा कार्य गर्दै आइअरहेका छन्। एकजना अग्निपीड़ित महिलाले भनिन्, मैले चियाबारीमा यति वर्ष काम गरेर कमाएको रिटायरमेण्टको पैसाले पनि यस्तो घर बनाउन सक्दिन थिएँ। आज यो सम्भव हुँदा निकै खुशी लागिरहेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *