Breaking
Fri. Mar 6th, 2026

खगेनलाई वाई क्याटेगोरीको सुरक्षा

नगराकट्टामा आक्रमणको घटना भएपछि मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मूका लागि सुरक्षा कठोर गरिएको छ। अबदेखि सांसदलाई वाई क्याटेगोरी स्तरको सुरक्षा प्रदान गरिनेछ। यस सम्बन्धी निर्देशन शुक्रवार सीआईएसएफसम्म पुगेको बताइएको छ। त्यसअनुसार शुक्रवार अस्पतालमा थप चारजना जवानहरू पठाइएका छन्। अबदेखि सांसद खगेन जहाँ गए पनि तिनको सुरक्षामा मोठ छजना अर्धसैनिक बलका जवान रहनेछन्। यसअघि सांसदको सुरक्षामा केवल दुईजना सीआईएसएफ जवान मात्र तैनाथ थिए।
सोमवार बाढ़ी प्रभावित नगराकट्टाका विभिन्न गाउँहरूको निरीक्षणका क्रममा मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू र सिलगढ़ीका विधायक शङ्कर घोषमाथि आक्रमण भएको थियो। उक्त घटनामा खगेन घाइते बनेका थिए। त्यसपछि तिनलाई उपचारका लागि सिलगढ़ीको मतिगड़ास्थित एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो। अहिले तिनी त्यहीँ उपचाराधीन छन्। मेडिकल रिपोर्टअनुसार सांसदको देब्रे आँखामुनिको हड्डी भाँचिएको छ। तिनलाई हालका लागि लगभग छ हप्ता विश्राम गर्न सिफारिस गरिएको छ।
यसैबीच सांसदमाथिको आक्रमणबारे लोकसभा सभामुख ओम बिड़लाले राज्यका पुलिस महानिर्देशक र मुख्य सचिवसित प्रतिवेदन माग गरेका छन्। तृणमूल कङ्ग्रेसको दाबीअनुसार गाउँलेहरू आक्रोशित भई सांसदहरूलाई कुटपिट गरेका थिए। तर यस घटनामा हालसम्म पुलिसले पाँचजनालाई पक्राउ गरिसकेको छ। यही घटनाक्रमबीच सांसदको सुरक्षा अझ कठोर बनाइएको हो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *