लगातार वर्षाले पहाड़ र समतल दुवै क्षेत्रमा विपत्तिको अवस्था सिर्जना भएको छ। यस्तो कठिन समयमा प्रभावित मानिसहरूको साथ दिन दार्जीलिङ जिल्ला सीपीआई (एम) अघि आएको छ। मङ्गलवार सीपीआई(एम)का वरिष्ठ नेता जीवेश सरकारसहित पार्टीका अन्य सदस्य र कार्यकर्ताहरूले दिनभरि राहत सामग्री सङ्कलन अभियान सञ्चालन गरे। तिनीहरूले शहरका विभिन्न पसल र क्षेत्रहरूमा पुगेर सर्वसाधारणबाट खाद्य सामग्री, कपड़ा लगायत आवश्यक सामग्रीहरू सङ्कलन गरे। जीवेश सरकारले भने, हामी मानिस–मानिसबीच एकता र सहकार्यको भावना निर्माण गर्न प्रयास गरिरहेका छौँ। यी सामग्री प्रभावित परिवारहरूलाई शीघ्र पुऱ्याइनेछ।उता अर्को सीपीआई(एम)को अर्को दल पैह्रो प्रभावित क्षेत्रमा पुगेर पीड़ित मानिसहरूसित सोझै कुराकानी गरिरहेको छ।

