Breaking
Fri. Mar 6th, 2026

समिक भट्टाचार्यको राज्य सरकारमाथि कटाक्ष

सोमवार भाजपा प्रदेश अध्यक्ष तथा राज्यसभाका सांसद समिक भट्टाचार्य बाघडुग्रा विमानस्थलमा उत्रिए लगत्तै उत्तर बङ्गालका विपद्ग्रस्त क्षेत्रहरूको निरीक्षणका लागि निस्किए। विमानस्थलमा पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, उत्तर बङ्गाल आज असहाय बनेको छ। यस सरकारबाट मानवीय समवेदनाको आशा गर्नु मुर्खता हो। तिनले थपे, डुवर्सका वन सम्पदा काटिँदैछ, नदीबाट बालुवा अन्धाधुन्ध निकालिँदैछ। यस सरकारको प्रशासनले चुपचाप हेरिरहेको छ। आज उत्तर बङ्गालमा उत्पन्न यस विपद् स्थितिको सम्पूर्ण जिम्मावारी राज्य सरकार नै हो।
भाजपा प्रदेश अध्यक्षले बताएअनुसार केन्द्र सरकारले पहिले नै परिस्थितिमाथि नजर राखिरहेको छ। तिनले भने, यहाँका मानिसहरू बाढ़ीमा बगिरहेका छन् अनि कोलकातामा कार्निभल मनाइँदैछ। यही विरोधाभासले यो सरकार कति असमवेदनशील छ भनेर देखाउँछ। समिक भट्टाचार्य उत्तर बङ्गालको कार्यक्रमअन्तर्गत बाघडुग्रामा झरेपछि नगराकट्टातर्फ प्रस्थान गरे। प्राप्त जानकारीअनुसार तिनी नगराकट्टा, धूपगुड़ी, अठाह्रखाई क्षेत्रहरूको भ्रमण गरी पुनः बाघडुग्रा फर्किएर आज नै कोलकाताका लागि प्रस्थान गर्नेछन्।
त्यसै गरी सोमवार मुख्यमन्त्री ममता ब्यानर्जी पनि उत्तर बङ्गालतर्फ प्रस्थान गरेकी छन्। राजभवन सूत्रअनुसार राज्यपाल सी. भी. आनन्द बोस पनि उत्तर बङ्गालको अवस्थाको समीक्षा गर्न त्यहाँ आउने तयारीमा छन्।

By editor

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *