Breaking
Fri. Mar 6th, 2026

सांसद विष्टद्वरा पैह्रो प्रभावित क्षेत्रको निरीक्षण

दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सोमवार मिरिकको भ्रमण गरेका छन्। सांसदले भ्रमण अवधि मिरिक अनि सौरेनीको स्थलगत भ्रमण गरेर पैह्रोले गरेको क्षय क्षतिको जानकारी सङ्ग्रह गरे। यो अवधि सांसदले पैह्रो पीड़ितहरूसित कुराकानी गरे साथै घाइतेहरूको उपचारबारे जानकारी लिए। सांसद विष्टले यहाँको राहत केन्द्रमा बसेका पैह्रो पीड़ितहरूसित पनि भेटवार्ता गरे। तिनले भ्रमण अवधि मिरिक सरकारी अस्पतालमा उपचार गरिरहेका पैह्रो पीड़ितहरूको हालचालबारे सोधखोज गरे अनि चिकित्सकहरूलाई घाइतेहरूको उपचारमा कुनै कमी नराख्ने अनुरोध गरेका छन्।
यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै पैह्रोको चपेटमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे। तिनले आफू पैह्रो पीड़ितहरूको साथमा सधैँ रहने बताँउदै सबै मिलेर प्राकृतिक आपदाबाट मानिसहरूलाई निकाल्नुपर्ने आह्वान गरेका छन्। तिनले यति बेला कुनै राजनैनिक दल हेर्नु नहुने साथै मतभेद राख्न नमिल्ने मन्तव्य गरे।
केन्द्र सरकार, राज्य सरकार, जीटीए, ग्राम पञ्चायत सबै मिलेर कार्य गर्नपर्ने तिनले मन्तव्य गरे। यस विपत्तिबाट मानिसहरूलाई निकाल्ने अनि सहयोग गर्नु नै आफ्नो प्राथमिकता रहने तिनले बताए। विष्टले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई प्राकृतिक आपदा घोषणा गर्नका लागि निवेदन गर्दै अघिबाट नै पत्राचार गरिसकेको जनाए। तिनले भने, राज्य सरकारले के कसो गर्छ त्यो हेरेर नै अघिल्लो पहल गरिनेछ। दार्जीलिङको प्राकृतिक आपदाबारे केन्द्र सरकारलाई जनाइसकेको छु। केन्द्र सरकारले पनि केही न केही गर्ने नै छ। म सांसदले गर्नुपर्ने कार्य गरिरहेको छु। तिनले प्राकृतिक आपदामा पर्नेहरूलाई मन दह्रो बनाएर बस्ने आह्वान गरे।

By editor

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *