दशैँ पर्वलाई उज्यालो बनाउन अनि दशैँ पर्वमा स्थानीय मानिसहरूलाई यातायात सुगम गर्न मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको पहलमा मिरिक बस्ती हुँदै सिलु गाउँ जाने सड़क मरम्मती गरिएको युवा नर्बु लेप्चाले जानकारी दिएका छन्। तिनले यस कार्यका लागि स्थानीय मानिसहरूको पक्षबाट जीटीए चिफ अनित थापा अनि सभासद मिलेस राईप्रति आभार पनि प्रकट गरेका छन। तिनले सिलु गाँउको सड़क जीर्ण बनेपछि स्थानीय मानिसहरूले यातायातमा धेरै समस्या झेल्न परिरहेका थिए भन्दै सड़क मरम्मतीपछि मानिसहरूलाई यातायातमा धेरै सुविधा हुने बताए।

