Breaking
Fri. Mar 6th, 2026

सांसद विष्टद्वारा रक्षामन्त्री अनि सीडीएससित भेट

आज दार्जीलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले रक्षामन्त्री राजनाथ सिंह र रक्षा स्टाफ प्रमुख तथा सैन्य मामिला विभागका सचिव जनरल अनिल चौहानसित भेट गरेका छन्। तिनले दार्जीलिङको लेबोङस्थित सैनिक अस्पताललाई अन्यत्र स्थानान्तरण नगर्न र गोर्खा युवाहरूलाई टेरिटोरियल आर्मी (टीए) मा भर्ना हुन विशेष अङ्क छुटको व्यवस्था गर्न माग गरे। विष्टले दार्जीलिङ पहाड़मा धेरै सैनिक, तिनका परिवार र 20 हजार भन्दा अधिक भूतपूर्व सैनिकहरू बस्ने गरेका बताए। यस्तो ठूलो समुदायका लागि लेबोङ सैनिक अस्पताल केवल स्वास्थ्य सुविधा मात्र नभई भारतीय सेना र स्थानीय जनताबीचको विश्वास र ऐतिहासिक सम्बन्धको प्रतीक भएको तिनले उल्लेख गरे। तिनले यस अस्पताललाई दार्जीलिङमै राख्न रक्षामन्त्रीसमक्ष अनुरोध गरेका छन्।
यसै गरी तिनले गोर्खा युवाहरूलाई भारतीय सेनामा भर्ना हुँदा न्यूनतम 33 अङ्कको मापदण्डमा छुट दिइए पनि टेरिटोरियल आर्मीमा यस्तो छुट नभएको बताए। तिनले टीए भर्नामा पनि गोर्खा युवाहरूलाई यस्तो छुट दिन माग गरे। रक्षामन्त्री राजनाथ सिंह अनि ११ गोर्खा राइफल्सका जनरल अनिल चौहानले दुवै विषयमाथि विचार गरेर सैनिक र तिनका परिवारलाई कुनै असुविधा नहुने गरी उचित कदम चाल्ने आश्वासन दिएका छन्। साथै गोर्खा युवाहरूलाई अङ्क छुटको व्यवस्था गर्न पनि प्रयास गरिने बताए।
सांसद विष्टले सैनिक र भूतपूर्व सैनिकहरूसित आफूहरू सधैँ साथमा रहेको र तिनीहरूका बलिदानको सम्मान गर्न निरन्तर काम गरिरहेको बताए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *