Breaking
Fri. Mar 6th, 2026

टाटा पावरद्वारा सिलगढ़ीमा ईजेड होम अटोमेशन सलुसन आरम्भको घोषणा

भारतका सबैभन्दा ठूला एकीकृत ऊर्जा कम्पनीमध्ये एक टाटा पावरले सिलगढ़ीमा आफ्नो ईजेड होम अटोमेशन सलुसन आरम्भ गरिएको घोषणा गरेको छ जसले पश्चिम बङ्गाललाई आधुनिक र दिगो जीवनशैलीतर्फ लैजाने कदमलाई थप सबल बनाएको छ। यस विस्तारसितै टाटा पावरले आफ्नो प्रमुख स्मार्ट होम प्रविधि उत्तर बङ्गालमा ल्याएको छ। यसले सिलगढ़ी, दार्जीलिङ अनि अन्य शहरका घरपरिवारलाई ऊर्जा दक्षता, सहजता र सुरक्षासितै आधुनिक जीवनशैली अपनाउन सक्षम बनाउनेछ।

ईजेड होम श्रेणीमार्फत उपभोक्ताहरूले बत्ती, पङ्खा, पर्दा, तथा एसी अनि गिजरजस्ता भारी उपकरणहरूलाई मोबाइल एप वा गूगल होम अनि एलेक्सा जस्ता भोइस एसिस्टेण्ट प्रयोग गरी नियन्त्रण गर्ने, तालिका मिलाउने अनि अनुगमन गर्ने सुविधा पाउनेछन्। यो समाधान शहरी फ्ल्याटदेखि लिएर परम्परागत घरहरूमा उपयुक्त हुने गरी बनाइएको छ। यसलाई रेट्रोफिट फ्रेण्डली ढङ्गमा तयार गरिएको भएकाले कुनै संरचनात्मक परिवर्तन आवश्यक पर्दैन जसले नयाँ तथा पुराना दुवै घरपरिवारका लागि यसलाई सजिलो बनाएको छ।
यसमा उपलब्ध रियल टाइम एनर्जी मोनिटोरिङ, अटोमेटेड सेड्युलिङ, ओभरलोड प्रोटेक्शन र अफलाइन फङ्क्शनालिटी जस्ता सुविधाले परिवारहरूलाई विद्युत् बिल 20% सम्म बचत गर्न सहयोग गर्नेछ साथै आराम र सुरक्षा पनि बढ़ाउनेछ। यस पोर्टफोलियोमा स्मार्ट सकेट, टच प्यानल स्विच, रेट्रोफिटेबल कन्भर्टर अनि मोसन सेन्सर समावेश छन् जुन पश्चिम बङ्गालका बढ्दो शहरी केन्द्रहरू र अर्ध-शहरी बस्तीसम्म स्मार्ट जीवनशैलीको माग पूरा गर्न उपयुक्त छन्।
यी समाधानहरू सिलगढ़ीको सेभोक रोडमा रहेको टाटा पावर ईजेड होमको स्थानीय च्यानल पार्टनर सोलर लोजिक्स प्रा. लिमिटेड तथा खुद्रा पसलहरूमा उपलब्ध छन् जसले उत्तर बङ्गालभरि उपभोक्ताहरूलाई सजिलो पहुँच दिलाउनेछ। ग्राहकहरूले वाट्सएप +91 8886659442 वा इमेल ezhomesales@tatapower.com मार्फत पनि सहायता लिन सक्नेछन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *