Breaking
Fri. Mar 6th, 2026

प्रायः 1.5 करोड़को पोस्तादाना जफत

जलपाइगढ़ी जिल्लाको बानरहाटमा नाका चेकिङका क्रममा पुलिसले करोड़ौ मूल्य बराबरको पोस्तादाना जफत गरेको छ। दुईवटा ट्रकबाट लगभग 170 बोरा पोस्तादाना फेला पारिएको छ जसको बजार मूल्य अनुमानित 1.5 करोड़ रुपियाँ हुन्छ।
सोधिएको प्रश्नको उत्तर गाडी चालकहरूले एता-उता दिन थालेपछि पुलिसलाई शङ्का भयो। पुलिसलाई दालमा केही कालो छ भन्ने लाग्यो। त्यसै शङ्काको आधारमा आरम्भ गरियो तलासी अभियान। खोज तलासी गर्दा एकाएक बाहिरियो ठूलो खुलासा अर्थात ट्रकबाट करोड़ौँ मूल्य बराबरको पोस्तादाना।
गोप्य सूचनाको आधारमा जलपाइगढ़ी जिल्ला पुलिसअन्तर्गत बानरहाट पुलिस थानाले अम्बादीपा क्षेत्रमा विशेष नाका जाँच गरेको थियो। कारवाहीका क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिइयो। तलासी गर्दा एएस 25 ईसी 7404 नम्बरको ट्रकबाट 65 बोरा पोस्तादाना अनि ४२ बोरा चिया फेला पारियो।

अर्कातिर आरजे 11 जीडी 3460 नम्बरको ट्रकबाट 105 बोरा पोस्तादाना फेला पारियो। प्रत्येक बोराको तौल अनुमानित 50 किलो छ। फेला पारिएको सामग्रीको बजार मूल्य लगभग 1.5 करोड़ रुपियाँ आकलन गरिएको छ। तर यति ठूलो मात्रामा रहेको सामग्रीको दाबी गर्न अझैसम्म कोही अघि आएको छैन।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *