Breaking
Fri. Mar 6th, 2026

15 अगस्तदेखि एनएच-10 मा यातायात सुचारुबारे आशङ्का

15 अगस्तपछि पनि 10 नम्बर राष्ट्रिय राजमार्गमा वाहनहरूको आवागमन होला कि नहोला भन्ने विषयमा नयाँ आशङ्का सिर्जना भएको छ। त्यसको कारण हो बुधवार 29 माइलमा राष्ट्रिय राजमार्गको ठूलो भाग टिस्टा नदीले बगाएको छ। सड़कको ठूलो भाग नै टिस्टाले बगाएपछि राष्ट्रिय राजमार्गमा वाहनहरूको आउजाउ पूर्ण रूपले ठप्प बनेको छ। हिजो रातिदेखि भइरहेको अविरल वर्षाको कारण नै सड़क खण्ड क्षतिग्रस्त बनेको मानिएको छ।
नयाँ सड़क बनाउन फेरि पहाड़ काट्नु पर्नेछ अनि त्यस कार्यका लागि केही दिन समय लाग्ने अनुमान गरिएको छ। त्यसैले स्वतन्त्रता दिवसको साँझदेखि राष्ट्रिय राजमार्गमा वाहनहरूको आवातजावात सुचारु गरिने नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशनले सूचना जारी गरेर जनाएको भए पनि अब राष्ट्रिय राजमार्गमा यातायात सुचारु हुने विषयमा आशङ्का सिर्जना भएको छ।
लिखु भीरमा पैह्रो गएपछि मङ्गलवार राति 8 बजीदेखि 15 अगस्त बेलुकी 6 बजीसम्म सड़क बन्द गर्ने एनएचआईडीसीएलले निर्णय गरेको थियो। त्यहीबीच बुधवार 29 माइलमा टिस्टाले राष्ट्रिय राजमार्गको ठूलो भाग बगाइदिएको हो। त्यसकारण यस्तो स्थिति सिर्जना भएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *