Breaking
Sat. Mar 7th, 2026

विभागीय इञ्जिनियरहरूद्वरा भवनको नापजोख

मिरिक कृष्णनगर क्लबले जीटीए कार्यपाल अनित थापालाई गत 4 अगस्तको दिन भेटेर क्लबको भवन बढ़ोत्तरी गरिदिने अनुरोध गरेको थियो। बुधवार जीटीए मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको उपस्थितिमा विभागीय इञ्जिनियरहरूले भवन बढ़ोत्तरीका लागि नापजोख गरेका जानकारी प्राप्त भएको छ।

विभागीय इञ्जिनियरहरूले भवनको निरीक्षण साथै नापजोख गरेपछि भवनको बढ़ोत्तरी कार्य चाँड़ै हुने कृष्णनगरवासीले आशा गरेका छन्। यस अवसरमा बोल्दै सभासद मिलेस राईले जीटीए प्रमुख अनित थापाको निर्देशमा नै भवन बढ़ोत्तरीका लागि विभागीय इञ्जिनियरहरूद्वरा नापजोख गरिएको बताए।

तिनले बढ़ोत्तरी कार्य चाँड़ै हुने पनि बताए। भवन बढ़ोत्तरी भएपछि भवनभित्र धेरै इण्डोर खेलकुद प्रतियोगिता गर्न सकिने बताउँदै राईले भने, हामी कर्ममा विश्वास गर्ने मानिसहरू हौँ। हामी जे गर्छौँ समाजको हितमा गर्छौँ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *