Breaking
Fri. Mar 6th, 2026

कृष्णनगरवासीको अनित थापासित भेट

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)का मुख्य कार्यपाल अनित थापा आज मिरिक भ्रमणमा आएका थिए। त्यसै भ्रमण अवधि मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगर वासिन्दाहरूले कृष्णनगर क्लबमा अनित थापासित भेट गरेका छन्। भेटमा स्थानीय मानिसहरूले क्षेत्रको समस्या सुनाँउदै समस्याको समधान गरिदिने थापासमक्ष अनुरोध गरे।

जीटीए प्रमुखसित कृष्णनगरवासीले कृष्णनगरमा एउटा कार पार्किङ निर्माण गरिदिने अनि सिक्किमको एमजी मार्ग जस्तै सड़क कृष्णनगरमा निर्माण गरिदिने अनुरोध गरेका छन्। त्यससितै कृष्णनगर क्लब भवनको बढ़ोत्तरीको तिनीहरूले माग गरे। थापाले क्लब भवनको बढ़ोत्तरी तुरुन्त गरिदिने आश्वासन दिए। यता कार पार्किङ अनि सड़क मार्गबारे विभागीय अधिकारीहरूसित कुराकानी गरेपछि पहल गरिदिने आश्वासन दिए।

यस अवसरमा बोल्दै कृष्णनगर क्लबका अध्यक्ष अरबिन आङला सुब्बाले भने, कृष्णनगरमा कुनै गाड़ी नरोकिने हुँदा कृष्णनगर सुनसान बन्छ साथै व्यापार ठप्प भएको छ। यसका लागि कार पार्किङ र एमजी मार्ग जस्तै सड़क निर्माण गरिदिने अनुरोध कृष्णनगरवासीले गरेको हो। सुब्बाले जीटीए प्रमुखले धैर्यसित सबै कुरा सुनेपछि सकारात्मक आश्वसन दिएका बताए। यस अवसरमा क्षेत्रीय सभासद मिलेश राई, कार्यकारी सभासद अरुण सिग्ची आदि पनि उपस्थित थिए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *