Breaking
Sat. Mar 7th, 2026

टिस्टाको जल स्तर बढ़ेर सड़क बन्द

राष्ट्रिय राजमार्ग हो कि नदी हो! एक झल्कोमै छुट्याउन गाह्रो छ। सिक्किममा एक रातको भीषण वर्षापछि टिस्टा नदीले विकराल रूप लिएको छ। नदीको जल स्तर अत्यधिक बढ़ेको छ। त्यसको परिणाम स्वरूप नदीको पानी राष्ट्रिय राजमार्ग 10 मा बगिरहेको छ। कतै घुँड़ासम्म पानी बगिरहेको छ त कतै अझै बढ़ी। त्यति मात्र होइन सड़क किनारमा बनाइएका घरहरूमा पनि पानी पसेको जानकारी प्राप्त भएको छ।
सड़कमा अधिक पानी बगिरहेको कारण टिस्टा बजार भएर कालेबुङदेखि दार्जीलिङ जाने सड़कमा सोमवार रातिदेखि नै वाहनहरूको आवागमन बन्द भएको छ। मौसमको पूर्वानुमानअनुसार आज पनि अत्यधिक वर्षाको चेताउनी जारी गरिएको छ। जलमग्न बनेपछि यो सड़क बन्द भएको छ। यस सड़कमा वाहनहरू चल्ने स्थिति कहिले सामान्य हुन्छ भन्ने अनिश्चित छ।
प्रकोपका कारण सर्वसाधारणलाई ठूलो सास्ती भइरहेको छ। लामो घुमाउरो बाटो भएर यात्रा गर्नुपर्ने सर्वसाधारणलाई बाध्यता आइपरेको छ। सिलगढ़ी–सिक्किम र कालेबुङ–सिलगढ़ीमाझ वाहनहरूको आवगमन लाभा–अलगढ़ा–गोरुबथान मार्ग हुँदै भइरहेको छ। प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ। पूर्वानुमानअनुसार आज फेरि अधिक वर्षा भए अवस्था अझ बिग्रन सक्ने चिन्ता छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *