Breaking
Sat. Mar 7th, 2026

सड़क दुर्घटनामा दुईको मृत्यु

एक दुखद सड़क दुर्घटनामा दुई साथीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। यो घटना आइतवार अबेर राति बाघडुग्राको गङ्गाराम चियाबारीस्थित राष्ट्रिय राजमार्गको चर्च मोड़नजिक भएको हो। मृतहरूमा मुनी चियाबारीका वासिन्दा बादल मुण्डा अनि अमन हुन्।
प्राप्त रिपोर्टअनुसार तीनैजना साथी एउटा मोटरसाइकलमा घोषपुकुरदेखि घर फर्किंदै थिए। मोटरसाइकलको नियन्त्रण हराउँदा एउटा चार चक्के गाड़ीसित ठोक्कियो। घटनास्थलमै दुईजनाको मृत्यु भयो भने तेस्रो व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।
दुर्घटनापछि बाघडुग्रा पुलिस तुरुन्तै घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गराएको छ। शवहरूलाई पोस्टमर्टमका लागि पठाइएको छ र पुलिसले घटनाको जाँच आरम्भ गरेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *