Breaking
Sat. Mar 7th, 2026

कुखुरा बोकेको गाड़ी दुर्घटनाग्रस्त

नियन्त्रण गुमाएर कुखुरा बोकेको एक गाड़ी सड़कको छेउमा पल्टिएर दुर्घटनाग्रस्त भएको छ। यो घटना शुक्रवार आमबारी–बेलाकोबा राज्य सड़कको शिकारपुर ग्राम पञ्चायतअन्तर्गत सरकारपाड़ा क्षेत्रमा भएको हो।

प्रत्यक्षदर्शीहरूअनुसार, बेलाकोबादेखि कुखुरा बोकेर गाड़ी सिलगढ़ीको चम्पासारीतर्फ जाँदै थियो। बाटोमा अचानक गाड़ीको एउटा टायर पड़कियो। त्यसपछि चालकले नियन्त्रण गुमाए र गाड़ी सडकनजिक रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टियो।
घटनामा चालक सामान्य घाइते भए।

स्थानीय वासिन्दाहरूले तत्काल तिनलाई उद्धार गरे अनि बेलाकोबा पुलिस चौकीमा खबर गरे। पुलिस घटनास्थलमा आइपुगेर स्थिति नियन्त्रणमा लिएर दुर्घटनाग्रस्त गाड़ीलाई उठाएर पुलिस चौकीमा लगिएको बताइएको छ। पुलिस सूत्रअनुसार घटनाको जाँच आरम्भ गरिएको छ। दुर्घटनाका कारण केही समय सड़कमा वाहनहरूको आवातजावात प्रभावित भएको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *