Breaking
Fri. Mar 6th, 2026

दुई गुटको भिड़न्तले तनाउ

दुई समूहबीच भएको भिड़न्तको कारण सिलगढ़ीको बाग्राकोट क्षेत्रमा व्यापक तनाउ फैलिएको छ। आरोपअनुसार बुधवार दिउँसो लगभग 12 बजी बाग्राकोटका सयौँ युवाहरू अचानक लाठी बोकेर टिकियापाड़ा क्षेत्रमा प्रवेश गरे। त्यहाँ पुगेपछि तिनीहरूले पसल, टोटो, अटो लगायतका सवारी साधनहरू तोड़फोड़ गरे। केही आवासीय घरहरू समेत भत्काइएको आरोप छ। सड़क हुँदै आवतजावत गरिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरिएको बताइएको छ। घटनामा एक महिला र एक बालक घाइते भएका छन्। तिनीहरूलाई सिलगढ़ी जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
त्यसपछि टिकियापाड़ाबाट पनि सयौँ युवाहरू बाग्राकोट क्षेत्रमा पुगे। तिनीहरूले पनि त्यसरी नै सम्पूर्ण बाग्राकोट क्षेत्रमा तोड़फोड़ गरे। यहाँसम्म कि रेलको लिकमा प्रयोग हुने ढुङ्गाले एकार्कामाथि प्रहार गरियो। घटनाको खबर पाएपछि सिलगढ़ी थानाबाट ठूलो सङ्ख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। त्यस्तै तीनवटा क्षेत्रका काउन्सिलरहरू पनि तत्कालै त्यहाँ पुगे। पुलिस र काउन्सिलरहरूकै अगाड़ि दुवै पक्षबीच भिड़न्त भयो। स्थिति नियन्त्रणमा ल्याउन पुलिसले लाठी चार्ज गर्नुपर्योत र अश्रु ग्यासको सेलसमेत प्रहार गरियो।
स्थानीय सूत्रअनुसार यो विवाद क्रिकेट खेलको कारण आरम्भ भएको थियो। त्यही विवाद पछि ठूलो भिड़न्तमा परिणत भयो। हाल घटनास्थलमा र्याकफ तैनाथ गरिएको छ। पुलिस आयुक्त सी. सुधाकर, डीसीपी राकेश सिंह, सिलगढ़ी थानाका आईसी लगायतका उच्च पुलिस अधिकारीहरू घटनास्थलमा पुगेका छन्। हाल स्थिति नियन्त्रणमा रहेको जनाइएको छ।

By editor

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *