Breaking
Fri. Mar 6th, 2026

सौरेनी घुमाउने टारमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

सौरौनी जनकल्याण फाउण्डेशन अनि साधु गाउँ कबिर पन्थीको संयुक्त आयोजनामा लोवर सौरेनी बस्ती घुमाउने टार सार्वजनिक भवनमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। स्वास्थ्य शिविरमा नव विकास सङ्घ सौरेनी बस्तीले पनि सहयोग गरेको थियो। सौरेनी जनकल्याण फाउण्डेशनका सचिव सुवास मगर, फाउण्डेशनकी अध्यक्ष सन्ध्या राई अनि जीटीएका कार्यकारिणी सभासद अरूण सिगची प्रमुख रूपमा उपस्थित थिए।

पञ्चायत समिति सदस्य आदित्य प्रधान, पञ्चायत सदस्य प्रभा रसाइली, यलम्बर सुब्बा, शिक्षक पर्शुदास सुब्बा आदिको पनि शिविरमा उपस्थित थिए। शिविरमा केनोका हेल्थ केयर सिलगढ़ीबाट डा. पेञ्जिन डिछेन भूटिया, डा. युडेन भूटिया, डा. सर्वजित बेरा, डा. गुलाम मोहद किबरिया विश्वास अनि सहयोगीहरूले स्वास्थ्य जाँच गरे।

शिविरपछि पत्रकारहरूसित कुराकानी गर्दै फाउण्डेशनकी अध्यक्ष सन्ध्या राईले क्षेत्रमा रहेका बिरामीहरूलाई सिलगढ़ीसम्म पुगेर ठूल्ठूला अस्पतालहरूमा उपचार गराउन गाह्रो पर्ने हुनाले आफ्नै ठाउँमा विशेषज्ञहरूलाई निम्ताएर नि:शुल्क स्वास्थ्य जाँच गराइएको बताइन्। तिनले रोगीहरूलाई आवश्यक औषधी पनि निशुल्क प्रदान गरिएको बताइन्। आज 150 भन्दा अधिक रोगीहरूले विविन्न रोगहरूको स्वास्थ जाँच गराएका बताइएको छ। शिविरमा सौरेनी समष्टिअन्तर्गत पर्ने गाउँहरू मञ्जु चियाबारी, सौरेनी बस्ती, बुङकुलुङ लगायतका गाउँहरूबाट रोगीहरूले जाँच गराए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *