दुई नाबालकसहित नौजना बङ्गलादेशी नागरिकहरूलाई सिलगढ़ीको फकदईबारी क्षेत्रबाट आशीघर आउटपोस्ट पुलिसले पक्राउ गरेको छ। पुलिसले अवैध रूपमा भारत छिरेका ती व्यक्तिहरूलाई वासको व्यवस्था गरेको आरोपमा घर मालिकलाई समेत पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूको नाम क्रमशः जतीन चन्द्र राय (56), बाउल रानी (54), बालु चन्द्र राय (40), गुलापी रानी (30), झरना रानी (34), सञ्जीब राय (19) र निर्मल मजुमदार (60) हुन्। पुलिस सूत्रअनुसार, केही महीनाअघि इस्लामपुर हुँदै बङ्गलादेशको सीमा पार गरी तिनीहरू भारत प्रवेश गरेका थिए। पछिल्लो एक महीनादेखि तिनीहरू सिलगढ़ी इष्टर्न बाइपासनजिकैको भाड़ाको
प्राप्त सूचनाको आधारमा बुधवार राति पुलिसले छापा मारी तिनीहरूलाई नियन्त्रणमा लिएको हो। तिनीहरूविरुद्ध अवैध प्रवेश तथा इमिग्रेशन सम्बन्धी कानूनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। सबैलाई बिहीवार जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरियो।