गत 9 अप्रेलको बेलुकी सिलगढ़ी नगर निगमको 41 नम्बर वार्डको ज्योतिनगर क्षेत्रमा बसोवास गर्ने एउटी महिला बाटोमा हिँड्दै थिइन्। त्यसै बेलामा बाइकमा आएका दुई युवकहरूले पछाड़िबाट अचानक महिलाले गलामा लगाएकी गहना थुतेर सुइँकुच्चा ठोके। महिलाले तत्कालै चिच्याउँदा वरपरका मानिसहरू दौड़ेर आए। त्यसपछि सिलगढ़ी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थानालाई खबर गरियो। पुलिस टोली घटनास्थलमा आएर सम्पूर्ण घटनाको छानबिन गर्योक। वरपरका सीसीटीभी फुटेजहरू पनि जाँच गरियो। त्यसपछि दोषीहरूको खोजी आरम्भ भयो।
यसै क्रममा सिलगढ़ी मेट्रोपोलिटन पुलिसको एनजेपी थाना पुलिसले घटनामा संलग्न मोहम्मद सौरभलाई पक्राउ गर्योय। तिनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरेपछि भक्तिनगर पुलिसले तिनलाई रिमाण्डमा लियो। सोधपुछका क्रममा अर्को आरोपी अनु सूत्रधरको नाम खुलेको छ। प्राप्त जानकारीअनुसार तिनी 31 नम्बर वार्डको शक्तिगढ़ 7 नम्बर गल्लीका वासिन्दा हुन्। पुलिसले तिनलाई पनि घरबाटै पक्राउ गर्योा। त्यसै बेला तिनको घरबाट लुटेको गहना पनि फेला पऱ्यो। उक्त गहना लगभग 20 ग्राम ओजनको थियो र यसको अनुमानित बजार मूल्य लगभग 2 लाख रुपियाँ रहेको छ। पक्राउ परेका दुवैजनालाई आज जलपाइगढ़ी न्यायालय पठाइएको छ।
छिनताईको केही दिनभित्रै गहना उद्धार, 2 पक्राउ

