Breaking
Fri. Mar 6th, 2026

हिन्दी माध्यमिक विद्यालयको भविष्य संकटमा

शिक्षकहरूले जागिर गुमाएको धक्का त सम्पूर्ण राज्यको शिक्षा प्रणालीमै परेको छ। तर जलपाइगुड़ीको नगराकट्टास्थित हिन्दी माध्यमिक विद्यालयको अवस्था अझै गम्भीर देखिन्छ। जागिर रद्दको धक्काले गर्दा यी विद्यालयमा विज्ञान विषयको पढ़ाई नै ठप्प हुने अवस्थामा पुगेको छ। बिहीवारको सर्वोच्च न्यायालयको आदेशपछि विद्यालयका 11 जना शिक्षकहरूले एकैचोटि जागिर गुमाएका छन्। ती शिक्षकहरू 2019 देखि नियुक्त थिए। अहिलेको अवस्था यस्तो छ कि पढ़ाई कसरी अगाड़ि बढ़ाउने भन्ने विषयमा विद्यालय प्रशासन अन्योलतामा परेको छ। टीआईसी मनोहर सुरीले भने, यो एकदमै अप्रत्याशित र भयावह स्थिति हो। विद्यालय कसरी चल्छ भन्ने विषयमा थाहा छैन। आज बाँकी रहेका शिक्षकहरूले दुई-दुईवटा कक्षा लिएर स्थिति सम्हाल्ने प्रयास गरिरहेका छन्। तर यसरी धेरै दिन सम्हाल्न सकिएला त?”
पढ्ने विद्यार्थीहरूको सङ्ख्याको हिसाबले यो विद्यालय डुवर्स क्षेत्रको एक प्रमुख विद्यालय हो। कक्षा 5 देखि 12 सम्म लगभग 2500 विद्यार्थीहरू अध्ययन गर्छन् यहाँ। अधिकांश विद्यार्थीहरू चियाबारीमा काम गर्ने मजदुर परिवारका हुन्। यी विद्यार्थीहरूलाई पढ़ाउनेजसका विषयका शिक्षकहरूको जागिर गएको हो। तीमध्ये गणितका 2, भौतिक विज्ञानका 2, जीवविज्ञानका 1, भूगोलका 3, इतिहासका 2 र हिन्दीका 1 जना थिए। सबैजना नवौँ र दशौँ कक्षाका लागि नियुक्त थिए। अहिले बाँकी रहेका छन् 15 जना शिक्षक-शिक्षिका। तिनीहरूमा हिन्दीका 3 जना शिक्षकमध्ये 1 जना माध्यमिक स्तरका र बाँकी 2 जना उच्च प्राथमिकका छन्। अङ्ग्रेजीका 4 जना शिक्षकमध्ये 2 जना माध्यमिकका र 2 जना उच्च प्राथमिक स्तरका छन्। जीव विज्ञानका शिक्षक 1 जना मात्र छन् अनि तिनी टीआईसी आफै। प्रशासनिक कामसितै तिनले तिनले कति कक्षा लिन सक्छन् भनेर पनि प्रश्न उठिरहेको छ। विज्ञान विषयमा अहिले बाँकी रहेका एक मात्र शिक्षक उच्च प्राथमिक स्तरका हुन्। उच्च माध्यमिक स्तरका दुई शिक्षक छन् जसमा एकजना अर्थशास्त्रका र अर्का राजनीतिक विज्ञानका हुन्। बाँकी शारीरिक शिक्षाका 3 जना शिक्षक र कार्यशिक्षाका एकजना शिक्षक छन्।
विद्यालय सूत्रअनुसार, दशौँ कक्षामा मात्र 300 भन्दा अधिक विद्यार्थीहरू छन्। यसअघि ती विद्यार्थीहरूलाई 3 वटा सेसनमा बाँड़ेर पढाइन्थ्यो। तर अहिले शिक्षकहरूको अभावको कारण सबै विद्यार्थीहरूलाई एकै सेसनमा राख्ने निर्णय गरिएको छ। त्यसका लागि ठूलो सभा हललाई कक्षा कोठा बनाउने तयारी छ। तर त्यसबाट पढ़ाई कति प्रभावकारी हुन्छ भन्ने विषयमा स्वयं शिक्षकहरू सन्देहमा छन्। टीआईसी मनोहर सुरीले भने, जागिर रद्द भएको घटनापछि आज नै वास्तविक रूपमा पहिलो दिन हो। विद्यार्थीहरूलाई नियन्त्रणमा राख्न निकै गाह्रो भइरहेको छ। माथिल्लो निकायको निर्देशनको प्रतीक्षामा छौँ।
यसको प्रभाव विद्यार्थीहरूमा पनि परेको छ। दशौँ कक्षाकी छात्राकी छात्रा खुशी प्रसादले भनिन्, अचानक शिक्षक-शिक्षिकाहरू स्कूलमा छैनन्। यस्तो हुन्छ भन्ने त सपनामा पनि सोचेको थिउनँ। सूरज जयसवालजस्ता चिन्तित विद्यार्थीहरूको प्रश्न छ “अब सिलेबस कसरी सकिन्छ, बुझ्नै सकिएको छैन।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *