Breaking
Sun. Apr 13th, 2025

ब्लेण्डर्स प्राइड फेशन टुरको “प्ले एन-भोग” अवधारणा : गुवाहाटीमा फेशन र मनोरञ्जनको समिश्रण

ब्लेण्डर्स प्राइड फेशन टुरको ल्याटेस्ट एडिशन गुवाहाटीमा एक अविस्मरणीय प्रस्तुतिसित सम्पन्न भयो जसले आफ्नो नवीन प्ले-एन-भोग थीममार्फत एट लिजरको अवधारणालाई पुनः परिभाषित गरेको छ। सुन्दर ग्रीनवुड रिसोर्टमा आयोजना गरिएको यस इभेण्टले दूरदर्शी डिजाइनरहरू, बोल्ड सङ्गीत प्रस्तुतिहरू अनि प्रतिष्ठित शो-स्टपरहरूलाई एक ठाउँमा ल्याएर भारतको फेशन क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
डिजाइनर नितिन बल चौहान, नट-वनका अभिषेक पटानी र पवन सचदेवाले उच्च फेशनलाई दैनन्दिनीको सहजतासित मिश्रण गराउँदै प्रयोगात्मक सङ्ग्रहहरू प्रस्तुत गरे। नटवनको ‘रेशर 01’ कलेक्शनले स्ट्रीटवियर र रक-चिकलाई समेटेको थियो भने चौहानको चामुण्डाले मध्ययुगीन कवचबाट प्रेरणा लिएको थियो अनि सचदेवाको ‘द डिस एलाइण्ड’ कलेक्शनले परम्परागत फेशनको ढाँचालाई भत्काउँदै नयाँ दृष्टिकोण प्रस्तुत गरेको थियो।
इशान खट्टरको शो-स्टपर प्रस्तुति तथा चर्चित र्यातपर कृष्ण अनि कर्माको ऊर्जावान परफमेन्सहरू कार्यक्रमको मुख्य आकर्षण थिए। पर्नोड रिकार्ड इण्डियाका सीएमओ कार्तिक मोहिन्द्राले गुवाहाटीलाई यस संस्करणको फिनालेका लागि एकदमै उपयुक्त स्थान बताउँदै यसले फेशन नवप्रवर्तनको नयाँ मापदण्ड स्थापित गरेको पनि बताए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *