Breaking
Wed. Apr 9th, 2025

टुक्रियाझारको जङ्गमा भीषण आगलागी

खोरीबारीको टुक्रियाझार आरक्षित जङ्गलमा भीषण आगलागी भएको छ। जङ्गलमा लागेको डढ़ेलोले स्थानीय मानिसहरूमा त्रास फैलाएको छ। प्राप्त जानकारीअनुसार, स्थानीय वासिन्दाले सोमवार जङ्गलबाट धुवाँ उड़िरहेको देखेका थिए। जानकारी प्राप्त भएपछि टुक्रियाझार वन विभागका कर्मचारीहरू खोरीबारी र नक्स्लबारी पुलिस चौकीका कर्मीहरूसित घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिने प्रयास गर्न थाले। नक्सकलबारी दमकल विभागको एउटा इञ्जिन पनि परिचालित गरिएको थियो। आगलागी केही किलोमिटर क्षेत्रमा फैलिएको थियो। त्यसले गर्दा नजिकै रहेका बस्तीहरूका वासिन्दामा चिन्ता बढ़ेको छ। यद्यपि वन विभाग सूत्रअनुसार आगो आंशिक रूपमा नियन्त्रणमा ल्याइएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *