दुईवटा बाइक आपस्तमा ठोक्किँदा 4 घाइते बनेका छन्। बाघडुग्राको गोसाइपुरमा यो घटना भएको हो। प्राप्त जानकारीअनुसार मङ्गलवार राति शिव मन्दिरबाट बाघडुग्रातर्फ आइरहेको एउटा बाइकलाई पछिल्तिरबाट अर्को बाइकले ठक्कर दियो। घटनामा दुई बाइकमा सवार चारजना सड़कमा पछारिए। घटनापछि बाघडुग्रा ट्राफिक गार्डका पुलिस कर्मीहरू घटनास्थलमा आएर घाइतेहरूलाई उद्धार गरी बाघडुग्रा अस्पताल पठाए। दुर्घटनाग्रस्त दुवै बाइकलाई नियन्त्रणमा लिएर बाघडुग्रा थानाका पुलिसले घटनाको जाँच गरिरहेको छ।