खाली घरमा चोरी

घर खाली रहेको स्थितिमा फाइदा उठाउँदै चोरी गरिएको घटना प्रकाशमा आएको छ। यो घटना सिलगढ़ी नगर निगमको 12 नम्बर वार्डअन्तर्गत कञ्चनजङ्घा स्टेडियमनजिक रहेको एउटा रेल्वे क्वार्टरमा भएको हो। प्राप्त जानकारीअनुसार गत 14 फरवरी उक्त रेल्वे क्वार्टरमा बस्ने प्रदीप सरकार र तिनको परिवार उपचारका लागि चेन्नई गएका थिए। त्यसपछि आज बिहान घर फर्केर आउँदा तिनीहरूले घरमा चोरी भएको थाहा पाए। ढोका खोल्ने बित्तिकै ताला फुटाएर घरभित्रका सबै सामानहरू चोरी गरिएको तिनीहरूले भेट्टाए।
त्यसपछि पानी ट्याङ्की चौकी पुलिसलाई खबर गरियो। पुलिस आएर पूरै घटनाको जाँच गऱ्यो। यता पुलिस फर्किएपछि फेरि झ्याल तोड़ेर चोरी गर्ने उद्देश्यमा एकजना युवस घरभित्र पस्न खोज्यो। त्यसै समय प्रदीप सरकार त्यस युवकलाई पक्रन सफल भए। पछि त्यहाँ आएर पुलिसले युवकलाई नियन्त्रणमा लिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *