मेची खोलाबाट दुर्लभ माछाहरूको चोरी

भारत नेपाल सीमामा अवस्थित ओकेटी गोदामधुरा गाँउका मानिसहरूले धेरै वर्षदेखि गाउँनजिक मेची खोलामा दुर्लभ माछाहरू संरक्षण गर्दै आइरहेका थिए। संरक्षणकै कारण उक्त ठाँउमा धेरै असला, बुदुना, भित्ती जस्ता माछाहरू अस्तित्वमा रहेका थिए। ती माछाहरू स्थानीय मानिसलाई मात्र नभएर नेपालको श्री अन्तु पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूका लागि पनि मुख्य आकर्षण बनेका थिए।

यसरी संरक्षण गरिएका माछाहरू उपद्रवीहरूले चोरेर लगेको समाचार प्रकाशमा आएको छ। यस्तो कुकृत्यले क्षुब्ध बनेको माछा संरक्षण समितिले ती उपद्रवीहरूलाई चिन्हित गरी शीघ्र पक्राउ गर्नुपर्ने भारत अनि नेपाल दुवै देशका प्रशासनसमक्ष माग राखेको। संरक्षण समितिका योदेन लेप्चा अनि आरोग्य राईले भने, हामीले मेची खोलाको एक भागमा माछा मार्न निषेध गरेर दुर्लभ असला, बुदुना, भित्ती माछाहरूको संरक्षण र हेचार गर्दै आइरहेका थियौँ।

उक्त ठाउँमा लाखौ दुर्लभ माछाहरू थिए। बुधवार बिहान हेर्दा त्यहाँ एउटै माछा थिएन। रात रात उपद्रवीहरूले माछा चोरेर लगेछन्। यसरी खोला माछाविहीन बन्दा हामीलाई विरक्त लागेको छ। तिनीहरूले यहाँका माछाहरू दुवै देशका नागरिकहरूका लागि गहनासरह रहेका अनि देश विदेशका मानिसहरू ती दुर्लभ माछाहरू हेर्न आउने गरेका बताए। त्यसो हुँदा यहाँको ग्रामीण पर्यटनलाई पनि टेवा पुगिरहेको तिनीहरूको भनाइ छ। उपद्रवीहरूलाई शीघ्र चिन्हित गरेर प्रशासनले कार्वाही गर्नुपर्ने तिनीहरूले माग गरेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *