राजधानी एक्सप्रेसबाट धेरै मात्रामा विदेशी सिगरेट जफत

गोप्य सूचनाको आधारमा गुवाहाटीदेखि दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेसबाट धेरै मात्रामा विदेशी सिगरेट जफत गरिएको छ। प्राप्त जानकारीअनुसार दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेसमा धेरै मात्रामा लागू पदार्थ तस्करी भइरहेको भन्सार विभागलाई पहिल्यै जानकारी प्राप्त थियो। त्यसअनुसार जब एनजेपी स्टेशनमा राजधानी एक्सप्रेसमा जाँच गरियो ठूला ठूला दुई बाकसमा विदेशी सिगरेट फेला पऱ्यो। यस जाँच अभियानको क्रममा भन्सार अधिकारीहरूसितै जीआरपी र आरपीएफ अधिकारीहरू पनि उपस्थित थिए। जब ती दुवै बाकस खोलियो त्यहाँ लगभग 92,000 थान विदेशी सिगरेट भेट्टाइयो।
अधिकारीहरूले यस सम्पूर्ण घटनाको जाँच आरम्भ गरेका छन् किनभने यी सिगरेटहरू म्यानमार सीमाबाट गुवाहाटी ल्याइएका थिए। यहाँबाट कहाँ लगरिरहेको थियो भन्ने अझै स्पष्ट भइसकेको छैन। यी 92000 सिगरेटहरूको बजार मूल्य 10 देखि 12 लाख रुपियाँ रहेको बताइएको छ। जाँचका क्रममा यस तस्करीको सम्बन्ध सिलगढ़ीसित गाँसिएको बाहिर आएको छ। एउटा ठूलो सिण्डिकेट विदेशी सिगरेटको तस्करीमा संलग्न रहेको देखिएको छ। यहाँ दैनिक करोड़ौँ रुपियाँ बराबरको सिगरेट ल्याएर भारतका अन्य राज्यहरूमा आपूर्ति गरिन्छ।
म्यानमारबाट भारतमा विदेशी सिगरेटको तस्करी मणिपुर-दीमापुर-असम मार्ग हुँदै निरन्तर भइरहेको छ। त्यसकारण सुरक्षा निकायहरू सतर्क छन्। यी सिगरेटहरू देशभरि आपूर्ति गरिन्छन्। प्राप्त जानकारीअनुसार म्यानमारबाट मणिपुर, दीमापुर, असमको बाटो हुँदै ल्याइएको विदेशी सिगरेट भारतका अन्य भागहरूमा आपूर्ति गरिन्छ। राजस्व खुफिया निदेशालय (डीआरआई) का सूत्रहरूअनुसार, म्यानमार र दुबई भारतमा विदेशी सिगरेट तस्करी गरिने मुख्य ट्राञ्जिट पोइण्टहरू हुन्। मणिपुर, मिजोरम र नागाल्याण्ड सीमाहरू सुरक्षित नहुँदा म्यानमार हुँदै विदेशी सिगरेट भारतमा अवैध रूपमा प्रवेश भइरहेको छ। त्यसपछि असम हुँदै अन्य राज्यहरूमा आपूर्ति गरिन्छ।

यस अवैध नेटवर्कलाई ध्वस्त पार्न भन्सार विभाग प्रतिबद्ध छ। बारम्बार गरिने जफत अनि पक्राउपछि पनि प्रतिबन्धित सुर्तीजन्य वस्तुहरूको तस्करी अझै जारी छ। भर्खरै गुवाहाटी भन्सार विभागले 1 करोड़ रुपियाँ बराबरको विदेशी सिगरेट जफत गरेको छ। यो कार्वाही गुवाहाटी एयरपोर्टनजिक मिर्जामा रहेको इण्डिया पोस्ट एनपीएच केन्द्रमा गरिएको थियो। विदेशी सिगरेटहरूको तस्करीले सरकारलाई कर राजस्वमा ठूलो क्षति पुऱ्याउने मात्र नभई स्वास्थ्यका लागि गम्भीर जोखिम पनि सिर्जना गरिरहेको छ। यस्ता अवैध सिगरेटहरूमा स्वास्थ्य चेताउनी, उत्पादन मिति वा निकोटिन/टारको मात्रा सम्बन्धी कुनै पनि जानकारी उल्लेख गरिएको हुँदैन। सुरक्षा बलहरूको निरन्तर निगरानीको कारण तस्करहरू बारम्बार पक्राउ परिरहेका छन्। यसो हुँदा यो अवैध धन्दा सञ्चालन गर्न निकै गाह्रो बन्दै गएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *