सामान्यत: चोरले चोरी गर्छ र पुलिसले जाँच गरेर आरोपीलाई पक्राउ गर्छ। तर यस घटनामा जब पुलिसले आरोपीलाई सोधपुछ गर्योि, एउटा अनौठो तथ्य बाहिर आयो। पुलिस सूत्रअनुसार चोरी शिव मन्दिर नजिकैको एउटा घरमा भएको थियो। जब घरमा कोही पनि थिएन तब खाली घरमा चोरी गरिएको थियो। घरका मालिक फर्किएपछि घरको सबै सामान छताछुल्ल छरिएको तिनले देखे। लगभग 25 हजार रुपियाँ, मन्दिरका भाँड़ाकुँड़ा र अन्य सामान हराएका थिए।
यस घटनाबारे घर मालिकले 25 जनवरीमा मतिगढ़ा पुलिस थानामा लिखित प्राथमिकी दर्ता गराए। प्राथमिकीको आधारमा पुलिसले जाँच गरिरहेको थियो।11 फरवरी मतिगढ़ा विश्वास कोलोनीमा केही व्यक्ति चोरीको सामान बेच्न आएका पुलिसले सूचना पायो। सूचना पाउन साथ पुलिस त्यहाँ पुग्यो र चोरीका सामानहरूसहित एक व्यक्तिलाई पक्राउ गर्योफ।
पक्राउ परेका व्यक्ति नुरुल इस्लाम हुन्। तिनी फूलबारी एनजेपी क्षेत्रका वासिन्दा हुन्। पुलिसले सोधपुछ गर्दा चोरी गरेको नगद छोरीको जन्मदिन मनाउन खर्च गरिसकेको नुरुल इस्लामले बताए। पुलिसले नुरुल इस्लामलाई सिलगढ़ी न्यायालयमा प्रस्तुत गर्योत। चोरी भएका सामानहरू पुलिसले फेला पारिसकेको छ।