सरस्वती पूजा : वसन्त आगमनको तयारी, बजार सजियो

सिलगढी : सिलगढीमा सरस्वती पूजालाई लिएर उत्सवको माहोल छ। सिलगढी सहरमा हरेक वर्ष सरस्वती पूजाको आयोजना गरिन्छ। विभिन्न शैक्षिक संस्था र अन्य स्थानहरूमा ज्ञानको देवीको पूजा गरिन्छ।

हरेक वर्ष झै यस वर्ष पनि सरस्वती पुजालाई लिएर शिक्षाप्रेमीहरुमा ठूलो उत्साह छ। यहाँ सरस्वती पूजालाई लिएर बजारमा भीडभाड सुरु भएको छ। सहरका विभिन्न बजारमा आमा सरस्वतीको मुर्ति देख्न पाइन्छ।

विधान बजारमा रहेको गोष्ठपालको मुर्ति अगाडि माता सरस्वतीका साना ठूला विभिन्न आकारका मुर्तिहरु पाइन्छ। कुमारटोलीमा देवी सरस्वतीको मुर्ति पनि देख्न सकिन्छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *